रोयल्टी संकलन समाजको निर्वाचनमा धाँधली भएको खुलासा ।

[dropcap][/dropcap]श दिनअघि सम्पन्न सँगीत रोयल्टी संकलन समाजको निर्वाचनमा धाँधली भएको खुलासा भएको छ । सोमबार प्रतिलिपि अधिकार राजिष्ट्रारको कार्यलयमा निर्वाचनको छानविन गरी पाँऊ भन्दै उजुरी परेपछि धाँधली प्रकरण बाहिरीएको हो । निवेदनमा निर्वाचन विधान विपरीत र गैर कानुनी ढंगबाट सम्पन्न भएको उल्लेख गरिएको छ । गीतकार सदस्यतर्फ उम्मेदवार समेत रहेकी जानकी पन्थद्धरा हस्ताक्षरित निवेदनमा निर्वाचन सुनियोजित र अब्यबस्थित भएको दाबी गरिएको छ । निर्वाचनमा झिनो अन्तरले पराजित भएकी पन्थले आफुहरु अन्यायमा परेको बताइन । Janaki panthaउनले प्रचलित कानुनअनुसार नै मतदान तथा मतगणना स्थलमा उमेदवारले आफ्नो प्रतिनिधि राख्न पाउने भएपनि समाजको निर्वाचनमा भने आफुहरुको प्रतिनिधि राख्न नदिएको गुनासो गरिन ।
आफुहरुलाई प्रहरी लगाएर बाहिर पठाई प्रहरीको घेराभित्र नियम विपरित मतगणना गरिएको उनको आरोप छ । यता केहि उमेदवार तथा प्रतिनिधिलाई भने मतगणना अवधिभर सँगै राखिएकोले पनि यो निर्वाचन धाँधलीपुर्ण भएको उनको दाबी छ ।
त्यस्तै नाम उल्लेख नगर्ने शर्तमा अर्का एक गीतकारले भने आफुलाई सुरेस अधिकारी पक्षले धम्काएको समेत दाबी गरे । निर्वाचनमा उमेदवारी नदिन धम्की आएपछि आफुले उमेदवारी नदिएको र मोबाइल नै स्वीच अफ गरी बस्नुपरेको उनको भनाई छ ।
यसरी अध्यक्षमा बिजयी सुरेस अधिकारी पक्षले पुर्वाग्रही ढंगले निर्वाचन गराएको प्रति गीतकार तथा संगीतकार जानकी पन्थको सक्रियतामा उजुरी दर्ता गरिएको हो । पन्थ स्वयम कानुनको विद्यार्थी भएकोले यसरी उजुरी दिनुलाई केहि अर्थपुर्ण रुपमा लिन सकिन्छ । janaki pantaस्मरण रहोस गत असार १४ गते सम्पन्न रोयल्टी संकलन समाजका सातौ साधारणसभाबाट समाजको अध्यक्षमा सुरेश अधिकारी विजयी भएका थिए । त्यस्तै संगीतकार सदस्यतर्फ श्रीकृष्ण बम मल्ल, सन्तोष श्रेष्ठ, रमेशराज भट्टराई, लोचन भट्टराई, पारस मुकारुङ, गीतकार सदस्यतर्फ  लोकराज अधिकारी, रमेश बिजी, दयाराम पाण्डे, शिव सुवेदी र ललित कुवँर विजयी भएका थिए ।

Namaste Filmy

Read Previous

टेलिचलचित्र 'चितवन चक्लेट' निर्माण हुने ।

Read Next

बलिउड हिरोइनहरुमा हरियो रंगको जादु ।