मिस नर्स चितवनको फाईनल साउन ३ मा

स्ट्रिङ मिडियाले संचालन गरेको मिस नर्स चितवन–२०१४ को फाईनल साउन ३ गते हुने भएको छ । मंगलबार रिपोर्टर्स क्लव नेपाल, क्षेत्रीय कार्यालय भरतपुरमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको अन्तिम तयारी भईरहेको आयोजकले जनाएको हो ।
miss nurseमिडियाका निर्देशक शिरष पुडासैनीले फाईनल प्रतिस्पर्धाको लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । प्रतियोगितामा चितवनमा नर्सिङ पेशामा आवद्व र अध्ययनरत विद्यार्थीहरुले सहभागि छन् । फर्म भरेका एक सय ७ जना मध्ये पहिलो अडिसनबाट ४० जना दोस्रो चरणका लागि छनौट भएका थिए । उनीहरुको अडिसनपछि फाईनल प्रतिस्पर्धाका लागि १५ जना छनौट भएका छन् । प्रतियोगितामा विभिन्न १२ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले स्कुटर र विभिन्न गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद २५ हजार र सेकेण्ड रनरअपले नगद १५ हजार रुपैया“ पुरस्कार पाउने छन् । प्रतियोगिताका विजेताहरुलाई एक वर्षको कन्ट्रयाक्ट गरि विभिन्न सेवामा लगाईने पुडासैनीले बताउनुभयो ।
miss nurse1प्रतियोगिताको निर्णायक राकेशमान श्रेष्ठले यस्तो प्रतियोगितालाई मोडलिङ क्षेत्रमा समेत जम्न खोज्नेलाई सहयोग पुग्ने बताउनुभयो । उहाले सहभागिहरुको व्यक्तित्व विकासमा सहयोग पुग्ने बताउनुभयो । चितवनमा सौन्दर्य प्रतियोगिताहरु थुप्रै भएपनि नर्सिङ क्षेत्रलाई छुट्टै समेटिएर गरिएको पहिलो प्रतियोगिता हो ।प्रतियोगिताको फाईनल प्रतिस्पर्धा भरतपुरको क्यान्सर अस्पतालको सभाहलमा गरिने आयोजकले जनाएको छ । फाइनल प्रतिस्पर्धामा निर्देशक आकाश अधिकारी, नायक श्रीकृष्ण श्रेष्ठ, जीवन लुइटेल, नायिका गरिमा पन्त, स्वेता खड्का, निर्देशक सुर्य बोहरा, गायक हरि योञ्जन, गायक तथा संगीतकार टंक बुढाथोकी, गायिका मनिषा पोखरेल ,आर्यन शाही, दिपा पन्त लगायतका अन्य कलाकारहरुको सहभागि हुने आयोजकले जनाएको छ ।
miss nurse2

Namaste Filmy

Read Previous

बलिउड हिरोइनहरुमा हरियो रंगको जादु ।

Read Next

चलचित्र ‘आबेग’को गीत रेकडिङ सुरु (भिडियो)