चलचित्र ‘आबेग’को गीत रेकडिङ सुरु (भिडियो)

निर्देशक वसन्त निरौलाले नया चलचित्र ‘आबेग’को निर्देशन गर्ने भएका छन् ।‘विजयपथ’ र ‘राजनीति’ चलचित्र निर्देशन गरि सकेका निर्देशक निरौलाले निर्देशन गर्न लागेका चलचित्र ‘आबेग’को गीत रेकडिङ सुरु गरिएको छ ।
abegधिरज श्रेष्ठको संगीत रहने चलचित्र ‘आबेगको ‘चाहे मार या बचाउ’को गीतमा गायिका मिलन अमात्यले आवाज दिएकी छिन् भने सूर्य कार्कीको शब्द रहेको छ । साउन १५ गतेबाट छायांकनको लागि फलोरमा जाने यस चलचित्रको कलाकारहरु फाईनल हुन बाकी रहे पनि चलचित्रको कम भने सुरु गरिएको छ । यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको चलचित्रका कलाकारहरु फाईनल हुने चलचित्रका निर्देशक वसन्त निरौलाले जानकारी गराए ।चलचित्रको छायांकन काठमाण्डौ, मुस्ताङ र सिक्किममा गर्ने भएको छ ।
रेकडिङ गीतको भिडियो हेर्नुहोश :

Namaste Filmy

Read Previous

मिस नर्स चितवनको फाईनल साउन ३ मा

Read Next

'नागवेली' नेपाली परिवेशको कथा हो : रोमियन लिम्बु, निर्मात्री ।