जोन अब्राहमसँग रोमान्स गर्दै विवाहित ऐश्वर्या ?

[dropcap][/dropcap]लिउड अभिनेता जोन अब्राहम र ऐश्वर्या राय बच्चन दुवै विवाहित हुन । तर यी दुईको रोमान्सको खबर बहिरीएको छ । जोन र ऐशले रियल लाइफमा रोमान्स गर्न लागेका भने होइनन । ऐशले लामो समयपछि कमब्याक गर्न लागेको नयाँ फिल्ममा जोन अपोजिटमा रहने भएपछि यी दुईको रोमान्स पक्का भएको हो । aish_john_650_070914013841ऐशले सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ बाट बलिउडमा कमब्याक गर्न लागेकी हुन । विवाह पछि केहि फिल्ममा देखिएकी उनी छोरी जन्माएपछि भने बलिउडबाट टाढा भएकी थिइन । अर्को बर्ष अर्थात २०१५ देखि फ्लोरमा जाने फिल्म जज्बाका लागी ऐश लामो समयदेखि फाइनल हिरोइन हुन । फिल्मका लागी हिरोको खाजी भइरहेको थियो । फिल्म एक्सन र थ्रीलर हुने भएपछि चक्लेटी अनुहारका हिरो हुने कुरै भएन तसर्थ फिल्मका लागी जोनलाई रोजियो । जोनले यसअघि पनि सञ्जय गुप्ताको फिल्महरु ‘सुटआउट एट वाडाला’ र ‘जिन्दा’ मा अभिनय गरिसकेका छन ।
यता ऐश भने विवाह पछि पछिल्लोपटक ऋतिक रोशनसँग फिल्म ‘गुजारिश’मा देखापरेकी थिइन । त्यसपछि संजय लिला भंसालीको फिल्म ‘हिरोइन’को लागी लिइएपनि गर्भवती भएपछि त्यो फिल्म पनि छाडेकी थिइन । उक्त फिल्ममा करिना कपुरले काम गरेकि थिइन ।

Namaste Filmy

Read Previous

'नागवेली' नेपाली परिवेशको कथा हो : रोमियन लिम्बु, निर्मात्री ।

Read Next

अमेरिकी नायिकालाई बलिउड बोलाउँदै सलमान