अर्को बर्ष विवाह गर्दैछन अनुप र दिया । यो बर्षको भ्यालेन्टाइन बन्दिपुरमा ।

Anup-and-Diyaधेरै नै भयो, महानायक राजेश हमालले विवाह गर्ने समाचारले चर्चा पाएको तर पनि हमालले अहिलेसम्म दुलहि भित्र्याएका छैनन । अब राजेश हमालको भर नभए पनि रजतपटमा चलेका कलाकारको एक जोडिले भने लगनगाठो कस्ने तयारी गरिसकेका छन । रंगमञ्चबाट आएका यी दुवै कलाकार हाल नेपाली चलचित्रका हस्ती भइसकेका छन । यी दुई कलाकार हुन निर्देशक कलाकार अनुप बराल र नायिका दिया मास्के ।यी जोडीको गहिरो प्रेम रहेको कुरा यिनीहरु निकट केहि ब्यक्तिलाईबाहेक अरुलाई पत्तो थिएन तर यसबर्षको भ्यालेन्टाइन डे का दिन साप्तहिकमा प्रकाशित एक सामग्रीमा उल्लेख भए अनुसार यी जोडिको प्रेम मात्र हैन विवाहको मितिसमेत तय भैसकेको बुझिएको छ । यी जोडिले अगामी २०७१ सालको सुरुवात तिरै विवाह गर्नेछन ।विगत ६ बर्षदेखि नै एकअर्काको प्रेममा रहेका यी दुईले विवाहको लागी आआफ्नो अभिभावक लाई मनाइसकेका छन ।साप्तहिकसंग निकै खुलेर प्रस्तुत भएका यी जोडिले विवाहमा धेरै हल्लीखल्ली नहुने बताएका छन ।anup-baral-and-diya-maskeसामन्य भेटघाट नै प्रेममा परिणत भएका यी दुईले अहिलेसम्म एक अर्कालाई प्रपोज नैै गरेका छैनन तर पनि माया अत्यन्त गाढा छ र दुई दिन मात्र भेटेनन भने दिन नै खल्लो लाग्छ दुवैलाई । अनुप बाहुन र दिया नेवार समुदायकि भए पनि परिवारकै सहमतिमा विवाह गर्न लागेका यी जोडिलाई समाजले केहि भन्छन कि भन्ने अलि अलि डर छ । शुन्य सालमा विवाह गर्न नहुने बताउदै अर्को सालमात्र सिन्दुर हाल्ने सोच बनाएका यी जोडीले यसबर्षको भ्यालेन्टाइन डे भने बन्दिपुरमा मनाएका छन ।

Namaste Filmy

Read Previous

‘नाइ नभन्नु ल २’को प्रोमो रिलिज

Read Next

ब्वयफ्रेन्ड नआएपछि खल्लो भयो जेनिफरको बर्थ डे पार्टी ।