आखिर को हो यो 'ठुली' ? भिडियो हेर्नुहोस ।

[dropcap][/dropcap]गामी भाद्र ६ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको फिल्म ‘ठुली’को अफिसियल हल ट्रेलर सार्वजनिक गरिएको छ । यसअघि फिल्मको फस्टलुक ट्रिजर तथा गीतहरु पनि रिलिज गरिएको थियो । जसबाट राम्रो प्रतिक्रिया मिलेपछि ट्रेलर आउट गरिएको हो । ट्रेलरले केहि हदसम्म फिल्मको कथालाई खोतल्ने प्रयास गरेको छ । ठुली को हो त भन्ने कौतुहलतालाई ट्रेलरले मेटाउन खोजिएको छ । thooliनारी हिंसा र विद्यमान कुरीतिबिरुद्धको कथा ‘ठुली’लाई एभरेष्ट सुर्य बोहोराले निर्देशन गरेका हुन । एभरेष्ट कलायात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा जीवन लुइटेल, गरिमा पन्त, कञ्चन ठकुरी, बिशाल पहाडी लगायतको अभिनय छ । निकै प्रतिक्षित फिल्मको लिस्टमा रहेको फिल्मको अहिले ब्यापक प्रचारप्रसार भइरहेको छ । सोसल साइटहरुमा बहुचर्चित बनिसकेको फिल्मले मिस नर्स चितवन मा पनि आफ्नो संलग्नता देखाएका छन । फिल्मले मिस नर्स चितवनको लागी टिसर्ट सौजन्य गरेको हो ।
यसैबीच फिल्म ठुली नेपाल रिलिज सँगै अष्ट्रेलियामा पनि प्रदर्शनमा आउने भएको छ । अगस्ट २४ बाट अष्ट्रेलियामा फिल्म रिलिज हुनेछ । नेपालमा भने फिल्म अगस्ट २२ अर्थात भाद्र ६ मा नै रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

क- कसले मच्चाउदैछन 'ताण्डव' ? तस्वीरहरु ।

Read Next

Exclusive: गम्भीर रोगबाट मुस्किलले उम्किए मदनकृष्ण श्रेष्ठ ।