'नाइ नभन्नु ल २' को सक्सेस पार्टीमा 'नाइ नभन्नु ल ३' घोषणा ।

[dropcap][/dropcap]तबर्षको सार्वधिक सफल चलचित्र ‘नाइ नभन्नु ल २’ ले बिहिबार राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी सेलेब्रेट गर्यो । फिल्मले देशका विभिन्न हलहरु मा गौरवमय ५१ दिन मनाएको भन्दै फिल्मको सफलता साटेको हो । Nai nabhannu la 2-success partyफिल्मको निर्माण युनिट र विभिन्न सञ्चारकर्मीहरुको उपस्थिति रहेको समारोहमा फिल्मको सम्पुर्ण कलाकार प्राविधिकहरुलाई मायाको चिनो समेत दिइएको थियो । फिल्मले पाएको यो सफलतासँगै गौतम बुद्ध अंकित मायाको चिनो लिन पाउदा फिल्म निर्माण युनिट मात्र हैन, सम्पुर्ण कलाकार प्राविधिकहरु समेत प्रफुल्ल देखिन्थे ।
यसैबीच उक्त समारोहमा फिल्म ‘नाइ नभन्नु ल ३’ को औपचारिक घोषणा समेत गरिएको छ । ‘नाइ नभन्नु ल २’ कै निर्माता दिनेश पोखरेलले फिल्म निर्माण गर्ने घोषणा गरे । फिल्मलाई नाइ नभन्नु ल २ निर्देशक बिकास आचार्यले भने निर्देशन नगर्ने भएका छन । आफ्नो पिताको निधन भएपछि बार्षिकी बारीरहेका निर्देशक आचार्यले फिल्मको निर्देशन जिम्मा आफ्नै सहायक मुस्कान ढकाललाई दिएका हुन । ढकालले ‘नाई नभन्नु ल २’ मा मुख्य सहायक निर्देशन गरेका थिए । आचार्य भने यस फिल्ममा निर्माताको भुमिकामा हुनेछन । ‘नाई नभन्नु ल ३’ मा नाइ नभन्नु ल २ को कलाकार सुरज सिहं ठकुरी र अनुभव रेग्मी दोहोरिने पक्का भइसकेको छ । अन्य कलाकार भने फाइनल भएको छैन । नयिका प्रियंका कार्की र बर्षा सिवाकोटी भने लगभग नदोहोरिने भएका छन । यता फिल्मको साँगितिक टीम भने दोहोरिएका छन । सँगीतकार बसन्त सापकोटा, गीतकार कुष्णहरी बराल, गायक राजेशपायल राई, प्रेम परियार लगायत फिल्ममा रहनेछन । फिल्मको गीत रेकर्डिङ पनि भैसकेको छ ।
फिल्मको अन्य कलाकार तथा प्राविधिक पनि फाइनल गरेर भदौ अन्तिममा फ्लोरमा जानेछ ।
Nai nabhannu la 2-success party1

Namaste Filmy

Read Previous

Exclusive: गम्भीर रोगबाट मुस्किलले उम्किए मदनकृष्ण श्रेष्ठ ।

Read Next

सामाजिक काममा "मिस नर्स चितवन–२०१४ "