सामाजिक काममा "मिस नर्स चितवन–२०१४ "

यहि साउन ३ गते फाईनल सम्पन्न हुन लागेको “मिस नर्स चितवन–२०१४ “ले अहिले विभिन्न खाले सामाजिक काम गर्दै आएको छ ।बुधबारमात्रै भरतपुरको हाकिम चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको ।स्ट्रिङ मिडियाले संचालन गरेको मिस नर्स चितवन–२०७१ कार्याक्रम अन्तरगत विहीबार चितवनको देवघाटमा रहेको रामजानकी बालिका आश्रममा रहेका बालिकाहरुलाई भोजन गराएको छ ।
miss nurseमिस नर्स प्रतियोगिता अन्तिम चरणमा पुग्नै लाग्दा स्ट्रिङ मिडियाले प्रतियोगिहरुको सहभागितामा विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । एक कार्यक्रमकाबीच आश्रममा रहेका १६ जना बालिकाहरुलाई भोजन गराइएको हो । युवा समाजसेवी एवं प्रतियोगिताका निर्णायक राकेशमान श्रेष्ठको प्रमुख आतिथ्यता एवं स्ट्रिङ मिडियाका निर्देशक शिरष पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा बालिका आश्रमकी अध्यक्ष सावित्री टण्डन, मिस नर्सका प्रतियोगिहरुलगायतको सहभागिता रहेको थियो ।
miss nurse4 - Copyस्ट्रिङ मिडियाले वुधबार प्रतियोगिताको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो भने आज (शुक्रबार) जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनसंख्या दिवसको अवसरमा गर्न लागेको विशेष कार्यक्रममा सहभागिता जनाउने आयोजक संस्थाका निर्देशक पुडासैनीले जानकारी दिए । प्रतियोगितामा चितवनमा नर्सिङ पेशामा आवद्व र अध्ययनरत विद्यार्थीहरुले सहभागि छन् । फाईनल प्रतिस्पर्धाका लागि १५ जना छनौट भएका छन् । प्रतियोगितामा विभिन्न १२ विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले स्कुटर र विभिन्न गिफ्ट ह्याम्पर, फस्ट रनरअपले नगद २५ हजार र सेकेण्ड रनरअपले नगद १५ हजार रुपैया पुरस्कार पाउने निर्देशक पुडासैनीले जानकारी दिनुभयो ।
miss nurse3
miss nurse2 miss nurse1

Namaste Filmy

Read Previous

'नाइ नभन्नु ल २' को सक्सेस पार्टीमा 'नाइ नभन्नु ल ३' घोषणा ।

Read Next

'ताण्डव'को ट्रेलर सार्वजनिक । भदौ ६ मा 'ताण्डव' मच्चाउने ( भिडियो)