'ताण्डव'को ट्रेलर सार्वजनिक । भदौ ६ मा 'ताण्डव' मच्चाउने ( भिडियो)

भदौ ६ गते प्रदर्शनको लागि तयार भएको चलचित्र  ‘ताण्डव’ले एक प्रेसमिट आयोजना गर्दै कलाकार र ट्रेलर सार्वजनिक गरेको छ ।  बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको चलचित्र ‘ताण्डव’को  प्रेसमिट सगै प्रचार प्रसार पनि सुरु गरिएको छ ।
Tandav-nepali movieअभिनेत्री नम्रता श्रेष्ठ, आशिष राना लाउरे, एलेन गुरुङले फिल्मबारे आफ्नो अनुभव साटासाट गरे अनि राम्रो फिल्म बनाउन मिहेनत गरेको बताए ।निर्देशक मुर्रे केरले नेपाल र बाँकी विश्वलाई जोड्न ताण्डव सफल हुने विश्वास व्यक्त गरे । बेलायती निर्देशक केरले साहित्य र संगीतमा नेपाल माथि भएपनि सिनेमाको विकासमा पछाडि परेको भन्दै थिए । ‘ताण्डवले यो अभावलाई पुरा गर्नेछ’ उनले भने ।निर्माता मोहन डोटेलले ‘ताण्डव’ नेपाली सिनेमाको विकासमा कोशेढुंगा हुने बताए ।  बेलायती निर्देशक मुर्रे केरले निर्देशन गरेको यो फिल्मको ट्रेलरले फिल्म ‘छड्के’ र फिल्म ‘मुखौटा’ को झल्को दिन्छ । तराई भेगमा हुने हतियारको प्रयोग र त्यसले निम्त्याउने जोखिमलाई ‘ताण्डव’ मा देखाइएको छ ।

स्याम्यासिङ एप्पलको प्रस्तुती रहेको ‘ताण्डव’मा अभिनेत्री नम्रता श्रेष्ठ र र्‍यापर आशिष राना ‘लाउरे’को मुख्य भूमिका छ ।  चलचित्र ‘ताण्डव’ भदौ ६ मा नेपाल सहित हङकङ, जापान र युकेमा एकसाथ प्रदर्शन हुदैछ  । फिल्ममा र्यापर आशिष राणा, नम्रता श्रेष्ठ, अनुप बराल, बिपिन कार्की, एलिन गुरुङ लगायतको अभिनय छ । फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने द्धन्द्ध निर्देशन अष्ट महर्जनको रहेको छ  । ट्रेलर हेरेका पत्रकारले राम्रो बनेको प्रतिक्रिया दिए । प्रतीक्षित सिनेमा ‘ताण्डव’ले नेपाल र भारतको सीमावर्ती थलोमा व्याप्त गैरकानुनी ओसारपोसारको कथा भन्छ ।

Namaste Filmy

Read Previous

सामाजिक काममा "मिस नर्स चितवन–२०१४ "

Read Next

फ्राइडे रिलिज : ‘नागबेली’