फ्राइडे रिलिज : ‘नागबेली’

नेपाली फिल्मको ब्यापार सुस्ताएको बेला आज शुक्रबार फ्राइडे रिलिज अन्तर्गत यो साता अर्थात असार २७ गते बाट नेपाली चलचित्र ‘नागबेली’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएका चलचित्र ‘नागबेली’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियोसहित )
‘नागबेली’
nagbeliफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘नागबेली’ प्रदर्शनमा आएको छ ।चेलीमाइती इन्टरनेशनल फिल्मसको ब्यानरमा निर्मित फिल्म ‘नागबेली’ लाई नृत्य निर्देशकको रुपमा परिचित गोविन्द राईले निर्देशन गरेका हुन । उनको यो डेब्यु निर्देशन हो । फिल्ममा बिदेश बस्दै आएकि रोमियन लिम्बुको लगानी रहेको छ । दयाहाङ राई, हर्षिका श्रेष्ठ, एस राज, बिकि मल्ल, सम्भव श्रेष्ठ, नीर शाह लगायतको अभिनय रहेको छ । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन भने दिपेन्द्र लामाले फिल्मको कथा लेखेका हुन । त्यस्तै फिल्ममा बिपिन मल्ल र सुरज श्रेष्ठको सम्पादन, रोशन श्रेष्ठको द्धन्द, कमल राई र गोविन्द राइको नृत्य रहेको छ । सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट पाइसकेको फिल्म हो ।रिलिजको पूर्व सन्ध्यामा बिहिबार फिल्मको राजधानीमा प्रिमियर समेत गरिएको थियो ।

Namaste Filmy

Read Previous

'ताण्डव'को ट्रेलर सार्वजनिक । भदौ ६ मा 'ताण्डव' मच्चाउने ( भिडियो)

Read Next

योगेश घिमिरेले 'भुल भुलैया' निर्माण गर्ने ।पत्रकार सम्मेलनमा नीताले कम्मर मर्काइन् ( भिडियो सहित )