योगेश घिमिरेले 'भुल भुलैया' निर्माण गर्ने ।पत्रकार सम्मेलनमा नीताले कम्मर मर्काइन् ( भिडियो सहित )

bhul1
‘नोटबुक’ जस्तो सफल चलचित्र निर्देशन गरेका निर्देशक योगेश घिमिरेले नया चलचित्र निर्माण गर्ने भएका छन् ।अरूष इन्टरनेश्नलको व्यानरमा योगेशले निर्देशन गर्ने चलचित्रको नाम ‘भुल भुलैया’ राखिएको छ ।शुक्रबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रममाको आयोजना गरेर नया चलचित्रको बारेमा जानकारी दिईयो ।
bhul2
कार्यक्रममा नायिका नीता ढुंगानाको नृत्यले चलचत्रि ‘भूल भुलैया’को पत्रकार सम्मेलन रोचक बन्यो ।छोटो स्कर्टमा कार्यक्रममा आएकी नीता गीत बज्ने वित्तिकै जुरुक्क उठेर नृत्य गर्न थालिन् । उनलाई नायक स्वेहित मानन्धरले साथ दिए । यो चलचित्रमा डीजिटल प्रविधिको उच्चतम प्रयोग गरिने भनिएको छ । निर्देशक योगेश घिमिरेले कार्यक्रममा भने,–‘नेपाली चलचित्रमा छायांकन र देखाउन मात्र डीजिटलको प्रंयोग भयो । तर ‘भूल भुलैया’ले केही एनिमेशनका दृश्यलाई आकर्षक तबरले देखाउनेछ ।’ नायिका नीता ढुंगानाले चलचित्रमा आफ्नो भूमिका विशेष रहेको बताइन् । उनले ‘भूल भुलैया’ आफ्नो जीवनकै विशेष चलचित्र हुने जानकारी दिइन् ।
bhul
प्रेमात्मक यो चलचित्रमा दिनेश कुमार पोखरेलको प्रस्तुती, सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहाल निर्माता छन् । निरज ढकाल कार्यकारी निर्माता रहेको चलचित्रमा शिवम् अधिकारीको लेखन, बनिष शाहको सम्पादन, कविराज गहतराजको नृत्य, रोशन श्रेष्ठको एक्सन, राजेन्द्र थापा र स्वप्निल बरालको गीत, बसन्त सापकोटाको संगीत छ । चलचित्रका ३ गीतमा प्रल्हाद तिमिल्सिना, दुर्गा परियार र निर्जला पराजुलीको स्वर छ । चलचित्र विकास आचार्यको सल्लाहामा तयार हुनेछ । चलचित्रको छायांकन साउन १६ गतेबाट सुरु गरिनेछ ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘नागबेली’

Read Next

‘सिंघम रिटन्स’को ट्रेलर सार्वजनिक ( भिडियो सहित )