श्री र स्वेताको हनिमुन सिमलामा । बेबी प्लान दुई बर्षपछि मात्र ।

[dropcap][/dropcap]एको सोमबार मात्र विवाह बन्धनमा बाधिँएका अभिनेता श्रीकृष्ण श्रेष्ठ हनिमुन मनाउन भारतको हिमाञ्चल प्रदेश स्थित सिमला पुगेका छन् । उनी पत्नी उर्फ अभिनेत्री स्वेता खडकाको साथमा सिमला पुगेका हुन ।shreekrishna shrestha and sweta khadkaसाथीहरुको दबाब बढेपछि यी जोडी हनिमुनको लागी सिमला निस्किएका हुन । उनीहरुको हनिमुन भ्रमण मात्र तीन दिनको हुने बुझिएको छ । श्रावण २३ गतेदेखि श्री र स्वेता दुवैको निर्माण रहेको फिल्म ‘कोहिनुर’ रिलिज हुने भएकोले हनिमुन छोट्याइएको बताइन्छ । हनिमुनबाट फर्किएलगतै फिल्मको रिलिजको तयारीमा जुट्ने उनीहरुको योजना छ ।
पाका उमेरमा विवाह गरेका कोहिनुर जोडीको बेबी प्लान भने दुइबर्षसम्म लाई छैन रे । ‘हामी फिल्म रिलिज सकिए लगत्तै वल्र्ड टुरमा निस्कने छौ र केही ब्यवसायिक कामहरु पनि बाँकी रहेकाले दुई बर्षसम्म बेबी प्लान छैन् ।’ सिम्ला निस्कने तयारीमा रहेका बेला श्रीले सन्तान जिज्ञाशामा भनेका छन् ।
झण्डै पचाँस उमेर टेक्न लागेका श्री विगत एक महिना देखि सुख्खा खोकीको समस्याले अस्वस्थ समेत रहेका छन ।

Namaste Filmy

Read Previous

‘सिंघम रिटन्स’को ट्रेलर सार्वजनिक ( भिडियो सहित )

Read Next

'एक भिलेन'ले कमायो सय करोड बढी ।