'एक भिलेन'ले कमायो सय करोड बढी ।

[dropcap]रि[/dropcap]लिजको दोस्रो हप्तामा हिन्दी फिल्म ‘एक भिलेन’ ले सय करोड क्लबमा इन्ट्री मारेको छ । फिल्मले बुधवारसम्ममा १०१.३२ करोडको ब्यापार गरेको हो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गर्दै यसबारेमा आधिकारीक जानकारी दिएको हो । ek-villain-movie-poster-copyरितेश देशमुख, श्रद्धा कपुर, सिद्धार्थ मल्होत्रा स्टारर फिल्मलाई मोहित सुरीले निर्माण निर्देशन गरेका हुन । मोहितले यसअघि पनि सुपरहिट फिल्म ‘आशिकी २’ निर्देशन गरिसकेका छन । फिल्म ‘एक भिलेन’ एक गुन्डाको कथा हो । श्रद्धाको प्रेममा परेको गुरु उर्फ सिद्धार्थ को कहानीमा रितेशको इन्ट्री भएसँगै फिल्मको कथाले मोड लिन्छ । सामन्य मानिस जिन्दगीमा भिलेन कसरी बन्न बाध्य हुन्छ भन्ने कुरा नै फिल्मको मुख्य स्टोरी हो ।
यता रितेश देशमुखको सय करोड क्लबमा प्रवेश गर्ने यो लगातार तेस्रो फिल्म हो । उनको यसअघि रिलिज भएको दुई फिल्महरु हाउसफुल २ र ग्रान्ड मस्तीले सय करोड कमाइसकेका छन ।

Namaste Filmy

Read Previous

श्री र स्वेताको हनिमुन सिमलामा । बेबी प्लान दुई बर्षपछि मात्र ।

Read Next

'अझै पनि' फाल्गुन १५ मा । होलीमा दर्शक तान्ने ।