'अझै पनि' फाल्गुन १५ मा । होलीमा दर्शक तान्ने ।

[dropcap]फि[/dropcap]ल्म ‘अझै पनि’को रिलिज डेट फाइनल गरिएको छ । पुर्णतः लभस्टोरी फिल्म आउदो फाल्गुन १५ गतेबाट प्रदर्शन हुनेछ । वितरक कम्पनी एफ. डी. ले  फिल्म फागुपुर्णिमा छेकोमा रिलिज गर्न लागेको हो । एफ डीको अनुसार होलीको दर्शकलाई लक्षित गर्दै रिलिज मिति तय गरिएको हो ।ajhai pani2फिल्मलाई निर्देशक आलोक नेम्वाङले लामो समयपछि निर्देशन गरेका हुन । उनले करिब पाँच बर्षअघि फिल्म कोहि मेरो निर्देशन गरेर अब्बल निर्देशकको परिचय दिइसकेका छन । त्यस्तै यसअघि निर्देशकको राम्रो छवि बनाइसकेका सुदर्शन थापा यस फिल्मका हिरो हुन । हिरोको रुपमा उनको यो डेब्यु फिल्म हो । उनी सँगै नयिका पुजा शर्माको पनि फिल्ममा मुख्य अभिन रहेको छ । त्यस्तै नवनायिका सुरक्षा पन्तले पनि फिल्मबाट रजतपटमा डेब्यु गर्दैछिन ।
त्यस्तै फिल्मका अन्य मुख्य कलाकारहरु भने प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, विपना धिमाल, बिजय लामा, मिथिला शर्मा सहित रामशरण पाठक छन् ।  यो बर्ष रिलिज क्यालेन्डर टाईट भएकाले भ्यालेन्टाईन्स डेको ठीक १३ दिन पछि फिल्म रिलिज हुन लागेको जानकारी अझै पनि निर्माणपक्षले दिएको छ ।
लामो समयपछि निर्देशनमा फर्किएका निर्देशक आलोक नेम्बाङकै कारण ‘अझै पनि’लाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।ajhai pani1 final

Namaste Filmy

Read Previous

'एक भिलेन'ले कमायो सय करोड बढी ।

Read Next

हट देखिनको लागी सेलेनाले गराइन ब्रेस्ट सर्जरी ।