फेवातालमा छाल आएपछि झन्डै डुबेन गजित र अनु ।

[dropcap][/dropcap]निबारबाट पोखरामा छयांकन सुरु गरिएको फिल्म ‘धौली’ युनिटलाई ठुलो आपत आइलाग्यो । पोखराको फेवातालमा सुटिङ चल्दै गर्दा अचानक छाल आएपछि फिल्म युनिट तितरवितर भएको हो । यसरी छाल आउदा नायक गजित विष्ट र नायिका अनु शाह तालमा सुटिङ गरिरहेका थिए ।Dhauli nepali movie2-in डरलाग्दो छाल आउदा सुटिङ गरिरहेका नायक गजित विष्टले त्यो कहाली लाग्दो घटनालाई यसरी बेलीविस्तार लगाए:  ‘फेवातालमा सुटिङ चलिरहेको थियो । साँझ परिसकेको थियो । अचानक ठुलो छाल आउन थाल्यो र हावा पनि एकदम जोडले चलेको थियो । हामी फेवातालको बीचभन्दा अलि टाढा नै थियौ । दुई घन्टसम्म छालले जता लाग्यो त्यतै जानुपर्ने बाध्यता थियो । हामी २२ जनाको टीम एउटा ठुलो र अर्को सानो गरी दुइवटा डुङगामा थियौ । बिचल्लीमा परेका हामी समयको धेरै ठुलो प्रयासपछि बल्ल बल्ल फेवा तालको अर्कै कुनामा किनारा लगाएर बाहिर निस्कन सफल भयौ ।’  त्यो क्षणमा निकै डर लागेको बताउदै गजितले भने: ‘प्रकृतिसँगको ठुलो लडाईमा हाम्रो जीत भयो ।’Dhauli nepali movie-inयसरी दुर्घटनामा पर्नेहरुमा नायक गजितसँगै नायिका अनु शाह, निर्देशक घनश्याम लामिछाने, निर्माण नियन्त्रक शंकर पाण्डे, क्यामेरामेन दिव्य सुवेदी लगायत फिल्मको अन्य क्रिउ मेम्बरहरु थिए ।
हाल पोखरामा छयांकन भइरहेको फिल्म ‘धौली’ स्पाइनी ब्याबलर क्रियशनको ब्यानरमा शम्भु थापाको प्रस्तुती हो । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरिरहेका छन । फिल्ममा गजित र अनुसँगै गीता अधिकारी, प्रकाश घिमिरे, बिद्या कार्की, विष्णु गौतम, अर्जुन गोदार लगायतको अभिनय रहनेछ । सन्तोष आत्रेय र अर्जन गोदारको लगानी रहने फिल्ममा सँगीत बसन्त सापकोटाको रहेको छ भने छयांकन दिव्य सुवेदीको रहनेछ ।

Namaste Filmy

Read Previous

किन लुकिछिपी विहे गरिन यी दुई हिरोइनले ?

Read Next

ऋतिक रोशनको नयाँ हिरोइन पुजा हेग्डे ।