ऋतिक रोशनको नयाँ हिरोइन पुजा हेग्डे ।

[dropcap]’जो[/dropcap]धा अकबर’मा सँगै काम गरेपश्चात आशुतोष गोवरिकर सुपरहिरो ऋतिक रोशनलाई लिएर नयाँ फिल्म निर्माणको तयारीमा छन । पुर्ण लभस्टोरी फिल्मको नाम ‘मोहनजोडदा’ राखिएको छ । फिल्मको लागी हिरो त फाइनल भयो तर ऋतिकको अपोजिटमा कसलाई राख्ने भन्नेबारे फाइनल भएको थिएन । अर्थात केहि समय यता हिरोइनको खोजी जारी थियो । Pooja HegdepoojaSRI_64700101-109तर अब ऋतिकको जोडी पनि फाइनल भएको छ । ऋतिकले बलिउडकै लागी फ्रेश हिरोइन पुजा हेग्डे सँग अनस्क्रिन रोमान्स गर्ने भएका छन । अशुतोष पुजालाई लिएर निकै खुशी छन । उनले यस्तै अनुहारको खोजी गरिरहेकोे बताइन्छ ।
को हुन पुजा ?
मोडल बाट नायिका बनेकी पुजा २०१० को मिस युनिभर्स इंडियामा दोस्रो बनेकी थिइन । ‘मोहनजोडदा’ उनको पहिलो फिल्म हुनेछ । यसअघि उनले केहि तामिल र तेलगु फिल्ममा काम गरिसकेकी छिन । मैगलोर कर्नाटकी बासिन्दा पुजा यसअघि रणवीर कपुरसँग हिरो मैस्ट्रो को विज्ञापनमा देखा परिसकेकी छिन ।

Namaste Filmy

Read Previous

फेवातालमा छाल आएपछि झन्डै डुबेन गजित र अनु ।

Read Next

'नागबेली'को औसत कमाई । निर्माण युनिट सन्तुष्ट ।