'नागबेली'को औसत कमाई । निर्माण युनिट सन्तुष्ट ।

[dropcap][/dropcap]त शुक्रबारबाट सोलो रिलिज भएको फिल्म ‘नागबेली’ ले औसत कमाई गरेको छ । फिल्मले राजधानी र मोफसलबाट गरी शनिबारसम्म बीस लाखको ग्रस कलेक्सन गरेको रिपोर्ट आएको हो । फिल्मलाई रिलिजको पहिलो दिन शुक्रबार बर्षाले प्रभाव पार्यो । बर्षाको कारण पहिलो दिनको पहिलो शो अत्यन्त न्युन रह्यो भने शनिबार फिल्मले पिकअप लिएको बताइन्छ । शुक्रबारको तुलनामा शनिबार फिल्मले उच्च कलेक्सन गरेर निर्माताको अनुहारमा खुशी ल्याइदिएको छ ।nagbeli nepali mobieफिल्मका निर्देशक गोविन्द राई ब्यापार भन्दा पनि फिल्मलाई दर्शकले राम्रो भनिदिएकोमा मख्ख छन । त्यस्ते पहिलोपटक फिल्ममा लगानी गरेकी रोमियन लिम्बु पनि फिल्मको ब्यापारबाट सन्तुष्ट देखिएको छ । उनी देश विदेशको प्रदर्शनबाट फिल्मको लगानी सेभ हुनेमा ढुक्क देखिए । लामो समय फिल्मी पत्रकारिता गरेका दिपेन्द्र लामा पनि आफुले लेखेको कथा दर्शकले रुचाइदिएकोमा दङग छन । फिल्मबाट नवअभिनेता सम्भव श्रेष्ठले पनि रजतपटमा दरिलो उपस्थिति जनाएको छ ।
चेली माइती फिल्मसको ब्यानरमा निर्मित फिल्ममा दयाहाङ राई, एसराज, बिकी मल्ल, हर्षिका श्रेष्ठ, सुरभी जैन लगायतको कलाकारहरुको अभिनय छ । फिल्मलाई सयभन्दा बढी फिल्ममा नृत्य निर्देशन गरिसकेका गोविन्द राईले पहिलोपटक निर्देशन गरेका हुन । फिल्म राजधानी र मोफसलको ४५ पर्दाबाट एकसाथ रिलिज भएको हो ।

Namaste Filmy

Read Previous

ऋतिक रोशनको नयाँ हिरोइन पुजा हेग्डे ।

Read Next

बलिउड चर्चित अभिनेता अनुपम खेर नेपाल आउदै ।