बलिउड चर्चित अभिनेता अनुपम खेर नेपाल आउदै ।

[dropcap][/dropcap]लिउडका चर्चित कलाकार अनुपम खेर नेपाल आउने कार्यक्रम तय भएको छ । उनी आउदो भदौ ६ गते एक च्यारिटी कार्यक्रममा आफ्नो प्रस्तुति दिनका लागी नेपाल आउन लागेका हुन । उक्त च्यारीटी कार्यक्रम कोसेली फाउन्डेसनले आयोजना गर्न लागेका हुन । आयोजकका अनुसार काठमाण्डौ शान्तिनगरमा रहेको कोसेली स्कुलमा अध्ययनरत सुकुम्बासी तथा मजदुरका सयौ बालबालिकालाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले अनुपमलाई नेपाल ल्याउन लागिएको हो । anupam-kher-2बलिउडमा कमेडी र चरित्र अभिनेताको रुपमा ख्याति कमाएका अनुपम ले सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा साढे दुई घन्टासम्म आफ्नो एकल प्रस्तुती राख्ने बताइएको छ । शोका क्रममा खेरले आफ्नो फिल्मी करियर तथा कलाकारीताको बारेमा नेपाली दर्शकसँग प्रत्यक्ष सक्षात्कार गर्ने छ ।
उक्त शोमा सहभागि हुनको लागी भने आयोजकले सहयोग रकम भन्दै महंगो टिकट तोकेको छ । भिआइपी टिकट ८ हजार, गोल्डेन टिकट ५ हजार, सिल्भर टिकट ३ हजार र ब्रन्ज टिकट को मुल्य १५ सय तोकिएको छ ।
नेपाल आउने बलिउड कलाकारमा अनुपम पहिलो हैन । यसअघि पनि बलिउडका थुप्रै कलाकारहरु नेपाल आइसकेका छन । हट नायिका सन्नी लियोन नयाँ बर्षमा नेपाल आएकी थिइन भने नायक अरसद वारसी तथा अक्षय कुमार पनि यसै बर्ष नेपाल आइ फर्किसकेका छन ।

Namaste Filmy

Read Previous

'नागबेली'को औसत कमाई । निर्माण युनिट सन्तुष्ट ।

Read Next

चार्लीको लगानीमा फिल्म 'छत्रपति' । नेपालकै सबैभन्दा ठुलो प्रोजेक्ट हुने ।