चार्लीको लगानीमा फिल्म 'छत्रपति' । नेपालकै सबैभन्दा ठुलो प्रोजेक्ट हुने ।

धनञ्जय श्रेष्ठ चार्ली
धनञ्जय श्रेष्ठ चार्ली

[dropcap]वि[/dropcap]देशमा विभिन्न ब्यापार ब्यावसाय गर्दै आइरहेका नेपालीहरुको नेपाली चलचित्र प्रतिको मोह बढ्दै गइरहेको छ । उनीहरु पछिल्लो समय नेपाली चलचित्रमा लगानी गर्न ललायित बनिरहेका छन ।

यसै क्रममा विगत लामो समयदेखि मस्को मा ब्यापार गर्दै आइरहेका नेपाली धनञ्जय श्रेष्ठ चार्लीले नेपाली फिल्म निर्माण गर्ने भएका छन । उनको लगानी रहने फिल्म नेपालकै सबैभन्दा ठुलो प्रोजेक्ट हुने बताइएको छ । पुर्णत एक्सन, लभस्टोरी र नेपालीपनको कथा रहने फिल्मको नाम ‘छत्रपति- एक फाइटर’ राखिएको छ । फिल्मको कथा इकि डनले लेखेका हुन । उनका अनुसार फिल्मलाई दक्षिण भारतीय निर्देशकले निर्देशन गर्ने बुझिएको छ । फिल्मका लागी आवश्यक अन्य केहि प्रविधिक पनि दक्षिण भारतकै रहने डनको भनाई छ । लामो समय साउथ इन्डियन फिल्ममा काम गरेका इकि डनले त्यहाँ सिकेको ज्ञान र अनुभवलाई नेपाली फिल्ममा प्रयोग गर्न लागिएको बताए ।
फिल्मका लागी आयुष रिजाल, प्रविन डल्लाकोटी र प्रदिप ढकाल फाइनल कलाकार हुन । अन्य कलाकार तथा मुख्य नायिकाको भने खोजी भइरहेको बताइएको छ । नेपालकै विभिन्न स्थानमा छयांकन हुने फिल्मलाइै नेपालकै अहिलेसम्मकै बिग प्रोजेक्ट भनिए पनि कति लगानी हुने भन्ने बारे खुलाइएको छैन ।
फिल्मलाई तामिल भाषामा डबिङ गरे दक्षिण भारतको तामिलनाडुमा पनि प्रदर्शन गरिने बताइएको छ । यसरी नेपाली फिल्म विदेशी भाषामा डबिङ गरेर बिदेशमा प्रदर्शन गर्न लागिएको यो पहिलो अवसर हो ।
फिल्मका लगानी कर्ता धनञ्जय श्रेष्ठ चार्ली विगत लामो समययता रसिया, मस्कोमा ब्यापार गर्दै आएका नेपाली हुन । उनी Moscow SAMBO Martial arts Championship र Asian SAMBO Martial arts Championship को गोल्ड मेडलिस्ट हुन् । त्यस्तै उनि South Asian SAMBO Federation र Nepal SAMBO Federation ka president र Asian SAMBO Federation को vise president हुन् । पहिलेदेखि नै नेपाली चलचित्रलाई माया गर्ने चार्लीले नेपाली फिल्मप्रतिको झुकाव र स्नेहकै कारण फिल्ममा लगानी गर्न लागेका हुन ।

Namaste Filmy

Read Previous

बलिउड चर्चित अभिनेता अनुपम खेर नेपाल आउदै ।

Read Next

बलिउड फिल्मको गीत पनि गाइन प्रियंकाले ।