बलिउड फिल्मको गीत पनि गाइन प्रियंकाले ।

[dropcap][/dropcap]लिउड हट अभिनेत्री प्रियंका चोपडा नायिका मात्र नभई गायिका पनि हुन भन्ने कुरा त यसअघि नै प्रमाणित भइसकेको थियो । तर उनले बलिउड फिल्ममा पनि गीत गाउने अवसर भने पाएको थिएन । अब भने उनको स्वर फिल्ममा पनि सुन्न सकिनेछ । बायेपिक फिल्म ‘मेरी कोम’का लागी प्रियंकाले गाउने अवसर पाएकी हुन ।priyanka_chopra_650_071314091626उनी निकट स्रोतका अनुसार प्रियंका पहिलेदेखि नै फिल्मको गीत गाउने चाहन राख्थिन । आफुले ‘मेरी कोम’मा गीत गाउन लागेको जानकारी प्रियंका स्वयमले ट्वीट गर्दै दिएकी हुन । फिल्ममा एक खास सीन हुनेछ जहाँ प्रियंकाको सुमधुर अवाज गुञ्जिनेछ ।
प्रियंकाले यसअघि आफ्नै दुईवटा एल्बम निकालिसकेकी छिन । त्यबाहेक पनि उनले केहि विदेशी कम्पनीको लागी करारमा गाइसकेकी छिन । करारअनुसार प्रियंकाले अन्य कुनै फिल्म वा एल्बमको लागी गाउन नमिल्ने थियो तर प्रियंकाले मेरी कोममा गाउने बताएपछि उनको यो कदमलाई बोल्ड मानिएको छ ।
बलिउडमा प्रियंकाका अलवा आलिया भट्ट, श्रद्धा कपुर लगायतले आफ्नो फिल्मको लागी गीत गाइसकेकी छिन । ‘मेरी कोम’मा गीत गाएपछि प्रियंकाको नाम पनि गायिकाहरुको लिस्टमा परेको छ ।
‘मेरी कोम’ चर्चित बक्सर मेरी कोमको जिवनीमा आधारीत फिल्म हो । फिल्म नेपालका चर्चित अभिनेता सुनिल थापाको पनि मुख्य भुमिका रहेको छ ।

Namaste Filmy

Read Previous

चार्लीको लगानीमा फिल्म 'छत्रपति' । नेपालकै सबैभन्दा ठुलो प्रोजेक्ट हुने ।

Read Next

जीवन र चाँदनीको मन किन स्टुपिड ? भिडियो ।