जीवन र चाँदनीको मन किन स्टुपिड ? भिडियो ।

[dropcap]रि[/dropcap]लिजको तयारीमा रहेको फिल्म ‘स्टुपिड मन’को शिर्ष गीत रिलिज भएको छ । ‘स्टुपिड मन टाइटल’को गीत मा फिल्मका मुख्य कलाकार जीवन लुइटेल र चाँदनी शर्मा फिचरीङ छन । सम्पुर्ण छयांकन थाइल्यान्डमा गरिएको फिल्मको गीतमा पनि आकर्षक र मनमोहक लोकेशन छ । गीतमा अर्जुन पोखरेलको सँगीत रहेको छ भने सनुप पौडेल र अन्जु पन्तको स्वर रहेको छ ।Stupid mann-inशुभ फिल्मस प्रा ली को ब्यानरमा विवेक शाही निर्माता रहेको फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन । फिल्मको प्रस्तुतकर्ता भने नायक निरज बराल हुन । फिल्ममा जीवन लुईटेल, चाँदनी शर्मा, ऋजु श्रेष्ठ, मार्टिन खान सँगै प्रस्तुतकर्ता नायक निरज बरालको मुख्य भुमिका रहेको छ । माया प्रेमको कथालाई आकर्षक ढंगले समेटिएको फिल्मका सबै गीतमा संगीत अर्जुन पोखरेलले भरेका हुन । त्यस्तै फिल्मका गीतहरु भने दयाराम पाण्डे, अर्जुन पोखरेल, दिवाकर भट्टराई र किरण राज कार्कीले लेखेका छन । फिल्मलाई दिर्घ खनालले सम्पादन गरेका हुन । फिल्मको रिलिज मिति आउदो भदौ २० गते तोकिएको छ ।

भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

बलिउड फिल्मको गीत पनि गाइन प्रियंकाले ।

Read Next

साउन १५ बाट फ्लोरमा 'फेरी भेटौला' ।