साउन १५ बाट फ्लोरमा 'फेरी भेटौला' ।

[dropcap]नि[/dropcap]र्देशक बेद प्रसाद भुर्तेल पछिल्लो समय एक पछि अर्को फिल्म गर्दै ब्यस्त बनिरहेका छन । यसै क्रममा भुर्तेल नयाँ फिल्म ‘फेरी भेटौला’ निर्देशनको तयारीमा जुटेका छन । फिल्म ‘फेरी भेटौला’लाई श्रेष्ठ इन्टरनेशनल प्रालीको प्रस्तुतीमा खगेन्द्र उप्रेती र पवन महतोले निर्माण गर्न लागेको हुन ।Feri bhetaula-in फिल्म आउदो साउन १५ देखि फ्लोरमा जाने बताइएको छ । फिल्मको बारेमा खासै धेरै जानकारी नआए तापनि प्रज्वल गिरी फिल्मको मुख्य नायक हुनेछन । उनी बाहेक अहिलेका ब्यस्त नयाँ पुराना कलाकारहरु को अभिनय फिल्ममा रहनेछ । फिल्मका सँगीतकार टंक बुढाथोकी हुन भने नृत्य कविराज गहतराजको रहनेछ ।
निर्देशक भुर्तेलको निर्देशन रहेको फिल्म ‘कुर्बान’ यतिखेर निर्माण क्रममा छ । त्यस्तै भुर्तेलकै निर्देशनको फिल्म ‘सञ्जोग’ रिलिजको लागी तयार छ । ‘संजोग’को दुई गीतहरु समेत सार्वजनिक भैसकेको छ । यता भुर्तेलले अर्को नयाँ फिल्म ‘शीत’ निर्देशन गर्ने पनि घोषणा गरिसकेका छन । यसरी एकपछि अर्को गर्दै लगातार फिल्म निर्देशनमा जुटिरहेका भुर्तेल पछिल्लो समय ब्यस्त निर्देशकको रुपमा चिनिएका छन ।

Namaste Filmy

Read Previous

जीवन र चाँदनीको मन किन स्टुपिड ? भिडियो ।

Read Next

यसरी देखियो प्रियंका कार्कीको संवेदनशील अङ्ग ।