निर्माता संघको साधारण सभा सम्पन्न ।

फाल्गुन ३ ,शनिबार ।

नेपाल चलचित्र निर्माता संघको तेह्रौ बार्षिक साधारण सभा शनिबार एक कार्यक्रम बिच सम्पन्न गरियो । राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादी सम्पन्न सो कार्यक्रम बरिष्ठ चलचित्रद्वय यादव खरेल र बरिष्ठ कलाकार नीर शाह प्रमुख अतिथि रहनु भएको थियो ।बरिष्ठ निर्देशक स्व.शिव रेग्मीको समझनामा १ मिनेट मैनधारण गरेर सुरु गरिएको सो कार्यक्रममा निर्माता संघले अहिले सम्मका गतिविधिको समिक्षा गर्दै भावी कार्यक्रमको तय समेत गरेको छ ।nirmata 2निर्माता सघको अध्यक्ष राजकुमार राईको सभापतित्वमा सम्पन्न बार्षिक साधारण सभामा चलचित्रका विभिन्न संघ सस्थाबाट ऋषि लामिछाने,योगेन्द्र श्रेष्ठ ,मनोज के.सी.,अशोक शर्मा ,प्रदिप भट्टराई ,रामकेशर बोगटी लगायत अतिथि रहनु भएको थियो ।संबिधान सभाको चुनाबमा काठमाण्डौ क्षेत्र नम्बर सात बाट प्रत्यक्ष चुनाब जितेका हल संचालक रामविर मानन्धरलाई तेह्रौ बार्षिक साधारण सभा संम्मान पनि गरिएको थियो । सो कार्यक्रम अधिकांश चलचित्रका निर्माताहरुको उपस्थिति रहेको थियो ।nirmata

Namaste Filmy

Read Previous

ब्वयफ्रेन्ड नआएपछि खल्लो भयो जेनिफरको बर्थ डे पार्टी ।

Read Next

कंधार हाइजैकमा आधारीत हिन्दी फिल्म निर्माण हुने ।