चलचित्र आई लब यु को शुभमुर्हत (भिडियो )

चलचित्र आई लब यु को शुभमुर्हत मंगलबार उदयपुरमा एक समारोहका बीच गरिएको छ । सदरमुकाम गाईघाटस्थित श्रमिकपार्कको भगवती मन्दीरमा चलचित्रको शुभमुर्हत गरिएको हो । उत्साह क्रियसन प्रा.लि.को प्रस्तुती आई लब यु अहिलेको टिनएजका केटाकेटीलाई केन्द्रित गरि बनाइनेछ ।
i love uउमेर नपुग्दै र प्रेमको अर्थ समेत नबुझि गरिने प्रेमले टिनएजका केटाकेटीलाई जीवन अन्धकार हुने किसिमका दुर्घटना र आत्महत्यासम्म पुर्याउने कुरा कथाबस्तुले देखाउने चलचित्रका निर्देशक गोपाल कृतिले बताउनुभयो । चलचित्रमा स्थानीय कलाकारहरुले नै नायक नायिक र अन्य पात्रहरुको भूमिका निर्वाह गर्नेछन् । यसअघि आधादर्जन बढि भिडियो चलचित्रहरु जिल्लामा बनेपनि ठूलो पर्दाको चलचित्र यो पहिलो भएको निर्माणपक्षको भनाई छ । साउन महिनाभित्रमै छायांकनको काम पुरा गरी आगामी दशैं अगाडी नै रिलिज गर्ने लक्ष्य साथ शुभमुर्हत गरिएको चलचित्रको काम तिब्रततिमा गरिने बताईएको छ । चलचित्रमा द्वन्द्व निर्देशक मिथुन ठाकुर, नृत्य निर्देशक सागर आत्मा रहेका छन् ।

 

Namaste Filmy

Read Previous

जर्मनीले वल्र्डकप जितेपछि नाङगिइन रिहाना ।

Read Next

सुनिल थापा अभिनित हिन्दी फिल्म 'मेरी कोम' । फस्टलुक ।