सुनिल थापा अभिनित हिन्दी फिल्म 'मेरी कोम' । फस्टलुक ।

[dropcap][/dropcap]र्चित नेपाली अभिनेता सुनिल थापा अभिनित हिन्दी फिल्म ‘मेरी कोम’को फस्टलुक पोस्टरहरु सार्वजनिक भएको छ । पोस्टरमा फिल्मकी मुख्य पात्र नायिका प्रियंका चोपडा छाएकी छिन । फिल्ममा प्रियंकासँगै अभिनेता सुनिल थापाको पनि प्रमुख भुमिका छ । Mero kom-firstlook-inफिल्म ‘मेरी कोम’ एक बायोपिक फिल्म हो । फिल्म ओलम्पिक मेडल बिजेता र पाँच पटक वल्र्ड च्याम्पियन भइसकेकी भारतीय महिला बक्सर ‘मेरी कोम’को जीवनीमा निर्माण गरिएको हो । फिल्मलाई ओमुंग कुमारले निर्देशन गरेका हुन । त्यस्तै फिल्मलाई र सञ्जयलिला भन्सालीले निर्माण गरेका हुन । फिल्ममा प्रियंका चोपडा  ‘मेरी कोम’ को भुमिकामा छिन भने नेपाली अभिनेता सुनिल थापा प्रियंकाको गुरु को भुमिकामा छन । स्मरण रहोस मनिषा कोइरालालाई अपवाद मान्ने हो भने कुनैपनि नेपाली अभिनेता विग ब्यानरको हिन्दी फिल्ममा अनुबन्ध भएको यो पहिलो अवसर हो ।
फिल्मको विश्ब्यापी रिलिज मिति आउदो सेप्टेम्बर ५ तय गरिएको छ ।
Mero kom-firstlook1-in

Namaste Filmy

Read Previous

चलचित्र आई लब यु को शुभमुर्हत (भिडियो )

Read Next

राजेश हमालले 'ब्वाइफ्रेन्ड छ' भनेर सोध्नुभयो : करिश्मा मानन्धर ।