विवादको घेरामा रोयल्टी समाज । दोस्रो चरणको उजुरी दिने जानकीको तयारी ।

Janaki pantha[dropcap]सँ[/dropcap]गीत रोयल्टी संकलन समाज पछिल्लो पटक विवादको घेरामा छ । विवादमा मुछिनुको कारण हो गीतकार सँगीतकार जानकी पन्थले रोयल्टी समाजको निर्वाचनमा धाँधली भएको भन्दै उजुरी दिनु । पन्थले निर्वाचन पुर्णरुपमा गैर कानुनी र विधान विपरीत भएको भन्दै केहि दिन अघि प्रतिलिपी अधिकार राजिष्ट्रारको कार्यलयमा उजुरी दिएकी थिइन । उनले निर्वाचन नै गलत ढंगबाट गरिएको र त्यसको उचित छानविनको समेत माग गरेकी थिइन । उनको उजुरीमा सम्बन्धित निकायले छानविनको तयारी समेत गरिरहेको बताइन्छ ।
तर यता रोयल्टी संकलन समाजले भने यस उजुरीको विषयमा एक विज्ञप्ति निकाल्दै त्यसलाई कपोल्कल्पित र भ्रमपुर्ण जनाएको छ । समाजका प्रवक्ता लोकराज अधिकारी हस्ताक्षरित विज्ञप्तिमा निर्वाचन पुर्ण रुपमा कानुनी ढंगबाटै सम्पन्न भएको दावी गरिएको छ ।
पन्थले भने समाजले निकालेको विज्ञप्तिमा पनि कुनै तुक नभएको दाबी गरिन । विज्ञप्ति निकालिएको बारेमा समाजकै अन्य सदस्यलाई समेत थाहा नभएको प्रसंग जोडदै उनले भनिन : ‘समाजले कार्यसमितिको ११ जनालाई त एकजुट गराउन सकेको छैन , बाँकी श्रष्टालाई एकजुट कसरी बनाउलान ? ‘
यसरी समाज र पन्थबीच आरोप प्रत्यारोप चलिरहंदा मंगलबार समाजले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै देशव्यापी आन्दोलन गर्ने जनायो । आफुहरुले स्रष्टा र संगीतकर्मीहरुको हितमा राखेको माग पुरा नभएमा चरणवद्ध आन्दोलनमा उत्रने सार्वजनिक कार्यक्रममार्फत नै घोषणा गरियो ।
तर पन्थले भने समाजको यो घोषणालाई पानी माथीको ओभानो बन्न खोजेको संज्ञा दिएकी छिन । उनले यो एउटा फितलो नलायकपन भएको भन्दै भनिन : ‘आफुमाथी लागेको आरोपभन्दा यो कुराप्रति पब्लिकको ध्यान खिच्ने दुस्साहास हो अरु केहि होइन यो ।’
उनले गोप्य सुत्र बाट आफुलाई पदको प्रलोभनमा पार्न खोजिरहेको थाहा पाएको बताउदै आफु कहिल्यै लोभमा नपर्ने बताइन । उनले भनिन : ‘समाजभित्रकै केहि पदाधिकारीहरुले मलाई एउटा सामन्य पद दिएर मेरो मुख बन्द गर्ने सल्लाह गरेको कुरा थाहा पाएकी छु । म कुनै पनि हालतमा आश्वासनमा पर्दिन । मेरै बुवा आएर विन्ती गरेपनि म मान्दिन । म न्यायको लागी लडछु ।’
पन्थले परिआएको खण्डमा आफु सुप्रिम कोर्टमा समेत जाने बताइन । उनले समाजका पदाधिकारीहरुको अहिले गरिएको पदस्थापना रोकी पाउँ भन्दै पुन दोस्रो चरणको उजुरी हाल्ने तयारी पनि गरिरहेको बताएकी छिन ।

Namaste Filmy

Read Previous

ब्वाइफ्रेन्डसँग किन पर्छ सुष्माको बारम्बार झगडा ?

Read Next

कसको यादले पोल्यो गरिमाको मुटु ? भिडियो ।