कसको यादले पोल्यो गरिमाको मुटु ? भिडियो ।

[dropcap][/dropcap]उदो भाद्र ६ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘ठुली’को नयाँ गीत रलिज भएको छ । गीतमा गरिमा पन्त र जीवन लुइटेलको उदास मूड देख्न सकिन्छ । गीतमा रजिना रिमालको स्वर सुन्न सकिन्छ भने कुमार विवाहितको शब्द र बसन्त सापकोटाको सँगीत रहेको छ ।thooli-garima-inनारी हिंसा र विद्यमान कुरीतिबिरुद्धको कथा ‘ठुली’लाई एभरेष्ट सुर्य बोहोराले निर्देशन गरेका हुन । एभरेष्ट कलायात्रा फिल्मसको ब्यानरमा पुस्कर पन्त निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुनिल बस्नेत हुन । फिल्ममा जीवन लुइटेल, गरिमा पन्त, कञ्चन ठकुरी, बिशाल पहाडी लगायतको अभिनय छ । निकै प्रतिक्षित फिल्मको लिस्टमा रहेको फिल्मको अहिले ब्यापक प्रचारप्रसार भइरहेको छ । सोसल साइटहरुमा बहुचर्चित बनिसकेको फिल्मको अब छिट्ट मुलधारे पब्लिसिटी थालिने पनि निर्माण युनिटको भनाई छ ।

यसैबीच फिल्म ‘ठुली’को बिदेशी बजारमा माग बढेको छ । फिल्मको केहि अन्तराष्टिय शहरहरुमा रिलिज पक्का भइसकेको छ । अगस्ट २४ मा अष्ट्रेलियामा रिलिज हुन लागिएको फिल्म सेप्टेम्बर ७ मा अमेरीकामा पनि रिलिज हुनेछ । त्यस्तै अन्य विभिन्न देश तथा शहरहरुमा पनि फिल्म प्रदर्शन हुन बताइएको छ ।

रिलिज भएको नयाँ गीत हेर्नुहोस :

Namaste Filmy

Read Previous

विवादको घेरामा रोयल्टी समाज । दोस्रो चरणको उजुरी दिने जानकीको तयारी ।

Read Next

सकियो 'हवल्दार सुन्तली' । शिल्पाको अभिनयले निर्देशक मख्ख ।