सकियो 'हवल्दार सुन्तली' । शिल्पाको अभिनयले निर्देशक मख्ख ।

[dropcap]सु[/dropcap]न्तली धामीमाथि घटेको सत्य घटना समेटिएको फिल्म ‘हवल्दार सुन्तली’को सुटिङ सकिएको छ । हेटौडा लगायत काठमण्डौका विभिन्न स्थानमा खिचिएको फिल्मको सुटिङ ४१ दिनमा सकिएको हो । फिल्मलाई सिने उद्योगका बाघ निर्माता छविराज ओझाले निर्माण गरेका हुन । त्यस्तै अब्बल निर्देषक ऋषि लामिछानेले फिल्मलाई निर्देशन गरेका हुन ।Hawaldar suntali-nepali movie2 फिल्मको मुख्य भुमिकामा नायिका शिल्पा पोखरेलले अभिनय गरेकी छिन । शिल्पा मोडलिङमा स्थापित नाम हो र उनले छवि ओझाकै फिल्म ‘लज्जा’मा काम गरिसकेकी छिन ।
एउटा फिल्म रिलिज हुन नपाई अर्को फिल्ममा शिल्पालाई  किन दोहोराएको  भन्ने प्रश्नले निर्माता छवि ओझालाई  हैरानी पारेको थियो । तर समयहरु यसरी अघी बढेका छन् कि स्वयम शिल्पालाई खेलाउन त्यति चाहा नदेखाएका निर्देशक ऋषि लामिछाने पनि शिल्पाको प्रशंशा गरिरहेका छन ।
यस्तो राम्रो अभिनय गर्दि रहिछन् हामी सवै खुशी छौ उनको कामबाट । सुटिङ सकिए लगत्तै निर्देशक लामिछानेको प्रतिक्रिया छ ।  लामिछानेले प्रिप्रोडक्सनको समयमा रेखा थापालाई फिल्मको हिरोइन बनाउन लविग गरेका थिए तर रेखा र छवि बीच सम्बन्ध राम्रो नभएपछि लामिछानेले रेखालाई चाहेर पनि  हवल्दार सुन्तलीमा  खेलाउन सकेनन् । Hawaldar suntali-nepali movieफिल्ममा शिल्पा सहित किशोर खतिवडा र सविन श्रेष्ठ मुख्य भुमिकामा छन । फिल्मको छयांकन मदन कस्यप घिमिरेले गरेका हुन भने फिल्ममा कविराज गहतराजको नृत्य, दिपक शर्माको सँगीत तथा चन्द्र पन्तको द्धन्द रहेको छ ।

Namaste Filmy

Read Previous

कसको यादले पोल्यो गरिमाको मुटु ? भिडियो ।

Read Next

बलिउड हिरोइन दिया मिर्जाले यसै बर्ष बिहे गर्ने ।