बलिउड हिरोइन दिया मिर्जाले यसै बर्ष बिहे गर्ने ।

Diya-Mirza-hot[dropcap][/dropcap]लिउड अभिनेत्री दिया मिर्जाले यसै बर्ष विहे गर्ने बताएकी छिन । उनले आफ्नो हालसम्म गोप्य रहेको प्रेमको खुलासा गर्दै विहेको कुरा लगभग निश्चित भइसकेको बताएकी हुन । उनले विहे गर्न लागेको उनको प्रेमी अरु कोहि नभएर केही साताअघि रिलिज फिल्म ‘बबी जासुस’का निर्माता साहिल सांघा हुन ।
केहि दिनअघि इडिया इन्टरनेशनल ज्वेलरी वीकमा आफ्नो बिहे बारे बताएकी हुन । उनले विहे भारतमा नै सम्पन्न हुनेसमेत बताइन । आफुहरु बिहे आउदो अक्टोबरमा सम्पन्न हुने दिया को भनाई छ । साहिलसँगको सहकार्यमा ‘बबी जासुस’ निर्माण गरेकी यी अभिनेत्री विहेसँगैको नयाँ जीवनलाई लिएर दिया निकै उत्साहित छिन । अब अर्को साताबाटै विहेको आवश्यक सम्पुर्ण तयारीमा जुट्ने उनले बताइन ।
दियाको अभिनय लाई बलिउडमा निकै तारिफ गर्ने गरिन्छ । उनले ‘लभ ब्रेकअफ जिन्दगी’, ‘हम तुम और घोस्ट’, ‘रेहेना है तेरे दिलमे’, ‘तुमसा नहि देखा’, ‘बबी जासुस’ लगायतका फिल्महरुमा अभिनय गरिसकेकी छिन ।

Namaste Filmy

Read Previous

सकियो 'हवल्दार सुन्तली' । शिल्पाको अभिनयले निर्देशक मख्ख ।

Read Next

'डन' हुन नायिका श्वेता भट्टराइकी पति मिलन ।