'डन' हुन नायिका श्वेता भट्टराइकी पति मिलन ।

[dropcap]के[/dropcap]हि दिनअघि मात्र गुपचुप विवाह गरेकी श्वेता भट्टराईको पति मिलन सापकोटा एक ब्यापारी हुन । उनीहरुबीच प्रेम सम्बन्धपछि विवाह भएको हो । तर नायिका जस्तो सेलेब्रेटीले किन गोप्य रुपमा विवाह गरिन ? श्वेताले आफ्नो विहेलाई फ्यान र मिडियाबाट किन लुकाइन ? सबैले चासो दिएको बिषय हो । milan-sapkota-and-sweta-bhattarai-married-coupleबिहेपछि पनि उनी मिडिया वा सार्वजनिक कार्यक्रममा देखिएकी छैनन । यसरी गुमनाम हुनुको पछाडी जुनसुकै कारण होस तर आज हामी नायिका श्वेता भट्टराईको पति ब्यापारी मिलन सापकोटाको बारेमा केही जानकारी दिदैछौ ।
मिलन एक ब्यापारी मात्र हैन । प्रहरी रेकर्डअनुसार उनी डन हुन । प्रहरीले मिलनलाई डनको सुचीमा राखिसकेका छन । मिलन क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा ‘बले’ का भाई हुन । बले पटकपटक पक्राउ परे पनि मिलनलाई भने प्रहरीले पक्राउ गरेको छैन । मिलनले युरोपमा समेत होटल चलाउदै आएका छन । पहिले उनी क्यासिनोहरुमा टेबुल चलाउने  गर्दथ्यो । यसर्थ प्रहरीले मिलनलाई अवैध क्यासिनो लगानीकर्ताको सुचीमा पनि राखेको छ । अन्य विभिन्न गुन्डा गर्दीमा पनि मिलनको संलग्नता हुने गरेको प्रहरी स्रोत बताउछ । तर यी सबै आरोपहरु गलत भएको र आफु कुनैपनि अवैध गतिविधिमा संलग्न नरहेको बताउदै आएका छन ।

Namaste Filmy

Read Previous

बलिउड हिरोइन दिया मिर्जाले यसै बर्ष बिहे गर्ने ।

Read Next

पब्लिसिटीमा 'माई प्रमिस'। रिलिजपुर्व च्यारिटी शो गरिने ।