पब्लिसिटीमा 'माई प्रमिस'। रिलिजपुर्व च्यारिटी शो गरिने ।

[dropcap]रि[/dropcap]लिज मिति फाइनल नगरिए पनि चलचित्र ‘माई प्रमिश’ पब्लिसिटीमा उत्रिने भएको छ । चलचित्रबारे दर्शकलाई नजिकबाट जानकारी गराउन मुलधारे पब्लिसिटीको तयारीमा निर्माण युनिट लागेको हो । चलचित्रको प्रचार गर्दै फिल्म युनिट मोफसलको विभिन्न ठुला शहरहरुमा पुग्ने भएको छ । त्यस्तै राजधानीमा पनि पब्लिसिटीको कुनै कसर बाँकी नराख्ने निर्माण युनिटको भनाई छ ।My promise poster1यसैबीच फिल्म रिलिज हुनुपुर्व नै मोफसलका विभिन्न ठुला शहरहरुमा फिल्मको च्यारिटी शो गर्ने तयारी निर्माण युनिटले गरेको छ । विभिन्न शहरका स्थानीय क्लब तथा समाजिक संस्थाहरुको सहयोगार्थ फिल्मको च्यारिटी गराइने फिल्मका निर्माता तथा नायक रमेश चन्द्र राईको भनाई छ ।
यसअघि पनि फिल्मको विभिन्न देशहरुमा च्यारिटी गरिसकेको छ । सिंगापुर, हङकङ लगायतका स्थानमा पटकपटक च्यारिटी गरिएको फिल्मलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको थियो । विदेशबाट प्राप्त सकारत्मक रेस्पोन्सले हौसिएरै निर्माण युनिटले नेपालमा पनि च्यारिटीको तयारी गरेको हो ।
फिल्मालाई टी आर एन जी प्रोडक्सनको प्रस्तुतिमा सुरज सुब्बा नाल्बोले निर्देशन गरेका हुन । त्यस्तै फिल्ममा रमेशचन्द्र राई, नरकुमार लिम्बु, केकी अधिकारी, विल्सन बिक्रम राई, अनुराग कुवँर, मार्टिन खान लगायतको सशक्त अभिनय रहेको छ । विदेशमा रहेका नेपाली लाहुरेहरुको कथालाई मुख्य विषयबस्तु बनाइएको चलचित्र ‘माई प्रमिस’लाई सेन्सर बोर्डले पी जी सर्टिफिकेट दिइसकेको छ । फिल्मलाई आउदो अक्टोबरमा अलनेपाल रिलिज गर्ने तयारी निर्माण युनिटको रहेको छ ।

Namaste Filmy

Read Previous

'डन' हुन नायिका श्वेता भट्टराइकी पति मिलन ।

Read Next

संयम र एन्जिलाको रोमान्स अब भदौ २७ मा ।