संयम र एन्जिलाको रोमान्स अब भदौ २७ मा ।

[dropcap][/dropcap]सअघि साउन २ बाट सरेर साउन १६ पुर्याइएको फिल्म ‘पुन्टे परेड’को रिलिज मिति फेरी सरेको छ । अब फिल्म रिलिजको लागी नयाँ मिति भदौ २७ तोकिएको छ ।Punte pared nepali movie1 यसअघि पब्लिसिटी राम्रो हुन नसकेको तथा प्राविधिक काम बाँकी रहेको बताउदै रिलिज पोस्टपोण्ड गरेको फिल्म युनिटले यसपटक भने रिलिज सार्नूको स्पष्ट कारण खुलाएका छैनन । तर ठुला बजेटका बहुप्रतिक्षित हिन्दी फिल्महरु रिलिज हुने भएकोले फिल्मको रिलिज सारिएको बुझिएको छ । यहि ९ गते सलमान खानको किक रिलिज हुने र २३ गते अक्षयकुमारको इन्टरटेन्टमेन्ट रिलिज हुने भएकाले फिल्मको ब्यापारमा प्रत्यक्ष प्रभाव पर्ने भएपछि रिलिज सारिएको हो ।
पुन्टे परेड सरेसँगै साउन १६ गते फिल्म ‘मेरो भ्यालेन्टाइन’लाई सोलो रिलिजको मौका मिलेको छ । उता ‘पुन्टे परेड’को भने भदौ २७ गते प्रशान्त तामाङ स्टारर ‘निशानी’ र नयाँ फिल्म ‘झिगराना’सँग भिड्ने भएको छ ।

Namaste Filmy

Read Previous

पब्लिसिटीमा 'माई प्रमिस'। रिलिजपुर्व च्यारिटी शो गरिने ।

Read Next

रणवीरसँग रोमान्स गर्दै बर्थडे मनाइन कैटरिनाले ।