रणवीरसँग रोमान्स गर्दै बर्थडे मनाइन कैटरिनाले ।

[dropcap]के[/dropcap]हि दिनअघि रणवीर र कैटको सम्बन्ध चिसिएको समाचार नआएको हैन । तर त्यस्तो हल्लालाई गलत साबित गराउदै कैटले आफ्नो जन्मदिन रणविर कपुरको साथ मनाएकी छिन । कैटले बुधबार ३० बर्ष पार गरेकी छिन । उनले जन्मदिनको अवसरमा फ्रान्सको आइल्यान्ड कोर्सिकामा एक रमाइलो जमघट पनि गराइन । ranbir_katrinaउनलाई नजिकका साथीहरु र फ्यानहरुले कयौ गिफ्ट तथा उपहार पनि दिए । तर कैटको लागी आफ्नो ब्वाइफ्रेन्ड रणवीर कपुरको उपस्थिति नै सवसे सरप्राइज हुन पुग्यो ।
खासमा रणवीर इम्तियाज अलीको फिल्म ‘तामाशा’को सुटिङको लागी अत्यन्तै ब्यस्त थिए । ब्यस्तताका बाबजुद पनि उनले समय निकाले र कैटको बर्थडे सेलेब्रेट गरे । अहिले रणवीरको सुटिङ कोर्सिकामै चलिरहेको छ । र कैट पनि बर्थडे मनाउन कोर्सिकामै पुगेकी हुन । त्यसो त कैट पनि फिल्म ‘बैंग बैंग’ को लागी अत्यन्तै ब्यस्त थिइन । तर उनले रणवीरसंगै बर्थडे मनाउन केहि दिन छुट्टि लिएको बताइन्छ ।
बताइएअनुसार बर्थडे भन्दा एक दिन अघि पनि यी दुवै सुटिङ स्थलभन्दा बाहिर थिए । र दुवैले खुब रोमान्स गरेका थिए । यस रोमान्सबारे भने दुवैले गोप्य राख्न चाहेको बुझिएको छ ।

Namaste Filmy

Read Previous

संयम र एन्जिलाको रोमान्स अब भदौ २७ मा ।

Read Next

नरेनकै कारण करियर बर्बाद भयो: सुष्मा कार्की। भिडियो।