निर्देशक समाजको सधारणसभामा हंगामा । बन्दसत्र स्थगित ।

[dropcap][/dropcap]लचित्र निर्देशक समाजको बार्षिक सधारणसभामा हंगामा मच्चिएको छ । शुक्रबार चलचित्र विकास बोर्डको सभाहलमा सुरु भएको सभामा असन्तुष्ट निर्देशकहरुको पक्षले रोष्ट्रम घोरऊ तथा नारावाजी गरेको हो ।  निर्देशकहरुको विरोधपछि सभा अघि बढ्न सकेन ।Nirdeshak samaj-inमहासचिव नीलहरि काफ्लेको सम्बोधन सकिएलगतै अघिल्लो कार्यसमितिका एमएस अग्रज, ऋषि लामिछानेसहित, डब्बु क्षेत्री, सुवास कोइराला लगायतले विरोध गरेका थिए । समाजले सदस्यता नवीकरणमा आफूहरुलाई संलग्न नबनाइ बन्चित गराइएको भन्दै उनीहरु आक्रोशित भएका हुन । सभा भाँड्न बाहिरबाट मान्छे ल्याएको भन्दै अध्यक्ष दिनेश डीसी र सुमन दाहाल ले आरोप लगाएपछि स्थिति झन तनावपुर्ण भएको हो ।
तनाव चर्किएपछि उज्वल घिमिरे, मोहन निरौला, नारायण पुरीसहितका सल्लाहकारको प्रयासमा दुइ पक्षबीच वार्ता गरिएको थियो । असन्तुष्टहरुले सदस्यता नवीकरण गरेरमात्र साधारण सभालाई अघि बढाउन माग गरेका थिए । वार्तामा नवीकरण नगरिएकालाई नवीकरण गराइने सहमति जुटेको छ ।
स्थिति सामन्य भएपछि सभालाई अध्यक्ष डीसी र पूर्वमहासचिव लामिछानेले सम्बोधन गरेका थिए । रोकिएको सधारणसभाको बन्द सत्र लगायतका अनय कार्यक्रम तत्कालका लागी स्थगित गरिएको छ । बुझिएअनुसार अब भदौ ७ गते बन्द सत्र हुनेछ ।

यसैबीच गत बर्षको सुपरहिट फिल्म ‘नाईं नभन्नु ल २’का निर्देशक विकास आचार्यलाई समाजले बर्ष लोकप्रिय निर्देशकको रूपमा सम्मान गरेको छ । सोही सम्मान कार्यक्रम चलिरहँदा भाँडभैलो शुरू भएको थियो ।

Photo courtesy:Anup Bhattarai

Namaste Filmy

Read Previous

गोप्य अङग तरकारीले छोपिन, यी चर्चित मोडलले ।

Read Next

जीवन लुईटेल पनि नशामा लठ्ठ । भिडियो ।