

सन १९९९ मा भएको काठमाण्डुबाट दिल्ली उडेको बिमान अपहरण काण्डमा आधारीत फिल्म निर्माण हुने भएको छ । फिल्म निर्माता बिशाल भारद्धाजले फिल्म निर्माण को लागी आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ । हाल फिल्म हैदर नामको फिल्म निर्माणमा ब्यस्त भारद्धाजले हैदरको काम सकिएलगतै कंधार हाइजैक को निर्माण मा जुट्ने भएको छ ।कलाकार र अन्य टीम निश्चित हुन बांकि रहेको फिल्मको स्कृप्ट भने तयार रहेको भारद्धाजको भनाई छ । स्मरण रहो सन १९९९ डिसेम्बर २४ मा काठमाण्डुबाट दिल्लीको लागी उडेको इडियन एयरलाइन्सको बिमान आतंकबादीले अपहरण गरेर कंधार पुर्याएको थियो । बिमानमा सवार १७६ यात्रूलाई रिहाईको लागी भारतीय जेलमा रहेका तीन कुख्यात अपराधीलाई भारतीय सरकारले छोडनुपरेको थियो ।

