जीवन लुईटेल पनि नशामा लठ्ठ । भिडियो ।

[dropcap]ना[/dropcap]यक जीवन लुइटेल नशामा झुम्मिदै मस्ती गरीरहेको भिडियो सार्वजनिक भएको छ । उक्त भिडियो वास्तविकतामा नभई चलचित्र ‘शिशा’को सार्वजनिक गरिएको नयाँ गीतको हो । ‘शिशा’को ‘टुटि जाला’ बोलको गीतमा जीवनले डिस्कोमा खुलेरै मस्ती गरेका छन ।sisha-nepalifilm-in उनीसँगै सर्मिला मल्ल र मोडल लक्ष्मी बस्नेत भिडियोमा फिचर छन । लक्की सिटौलाको स्वर तथा सँगीत रहेको गीतलाई कमल राईले कोरियोग्राफी गरेका हुन ।
ननस्टप क्रियशनको ब्यानरमा निर्मित फिल्मलाई निर्देशक आर बी के शरद ले निर्देशन गरेका हुन । फिल्ममा अजिता सुमार्गी, महेश ढुंगेल, मधुसुदन ढकाल र बिराट थापाको संयुक्त लगानी रहेको छ । सिक्किमका विभिन्न स्थानहरुमा छयांकन गरिएको फिल्ममा जीवन लुइटेलसंगै शर्मिला मल्ल, उमा बेबी, रागिनी खडगी, बिएस राणा, निर्मल सेन्चुरी लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा भारतीय फुटबल टीमका पुर्व कप्तान भाइचुङ भुटियाको पनि बिशेष भुमिकामा देखिनेछ । फिल्म आउदो साउन २३ गते अलनेपाल रिलिजको तयारीमा छ ।

Namaste Filmy

Read Previous

निर्देशक समाजको सधारणसभामा हंगामा । बन्दसत्र स्थगित ।

Read Next

आमिर खान पनि भिलेन ?