आमिर खान पनि भिलेन ?

[dropcap][/dropcap]लिउडमा ‘धुम ३’ जस्ता सफल एक्शन फिल्म दिएका पर्फेक्ट हिरो आमिर खान लाई अर्को नयाँ एक्शन प्रोजेक्टको लागी अफर आएको छ । तर उक्त फिल्ममा भने आमिरलाई भिलेनको रोलमा अफर आएको हो । उक्त फिल्म रजनीकान्त स्टारर फिल्म ‘रोबोर्ट’को सिक्वेल ‘रोबोर्ट २’ हो । aamir-inएक अंग्रजी पत्रिकाका अनुसार एस शंकर सिक्वेल फिल्म ‘रोबोर्ट २’ को तयारीमा छन र उनले फिल्मको भिलेनको भुमिकामा आमिरलाई रोजेका छन । उनले आमिरलाई दोस्रोपटक फिल्मको लागी अफर गरिएको बुझिएको छ । यता आमिरले भने आएको उक्त प्रस्तावप्रति कुनै जवाफ फर्काएका छैनन । फिल्मको आउदो बर्ष छयांकन थालिने बताइएको छ ।
स्मरण रहोस यसअघि फिल्म ‘रोबोट’को लागी पनि एस शंकरले आमिरलाई अफर गरेका थिए । त्यसबेला सुरुवातमा शाहरुख खानलाई फिल्मको अफर गरेका थिए । शाहरुख अरु नै फिल्ममा ब्यस्त भएपछि आमिरलाई अफर दिइएको थियो । तर आमिरले पनि समय नदिएपछि रजनीकान्त र ऐश्वर्या राय फिल्ममा अनुबन्धित भएका थिए । उक्त फिल्म बलिउडमा सफल भएको थियो ।

Namaste Filmy

Read Previous

जीवन लुईटेल पनि नशामा लठ्ठ । भिडियो ।

Read Next

नाच्न नजान्ने रेखा थापाको डान्स हेर्नुहोस । भिडियो ।