नाच्न नजान्ने रेखा थापाको डान्स हेर्नुहोस । भिडियो ।

[dropcap]ना[/dropcap]यिका रेखा थापाको निर्माण निर्देशन रहेको फिल्म ‘हिम्मतवाली’को नयाँ गीत रिलिज भएको छ । गीतमा ‘खासै राम्रो नाच्न त जान्दिन’ भन्दै नायिका रेखा थापाले कम्मर मर्काएकी छिन । गीतलाई एकनारायण भण्डारीको शब्द र बसन्त सापकोटाको सँगीतमा मनिषा पोखरेलले गाएकी छिन । rekha thapa-himmatwali-inयसअघि नै सार्वजनिक भएको गीत ढिक्च्याऊ लाई सर्वाधिक रुचाइएपछि अब यो नयाँ गीतलाई पनि दर्शक स्रोता रुचाउने विश्वास फिल्म युनिटको छ  ।
रेखा फिल्मसको ब्यानरमा निर्माण भएको फिल्म ‘हिम्मतवाली’ प्रतिक्षित फिल्मको लिस्टमा परिसकेका छन । फिल्ममा नायिका रेखा थापाको अतिरिक्त नवनायक सुदर्शन गौतमको पनि मुख्य भुमिका छ । त्यस्तै फिल्ममा अभय चन्द ,पुस्कर भट्ट लगायतको पनि मुख्य भूमिका रहेको छ । नारी प्रधान एक्शन चलचित्र ‘हिम्मतवाली’मा चन्द् पन्तको द्वन्द्व ,छायांकन रामशरण उप्रेती,संगीत बसन्त सापकोटा र टंक बुढाथोकी,नृत्य बसन्त श्रेष्ठ र कमल राईको रहेको छ ।

Namaste Filmy

Read Previous

आमिर खान पनि भिलेन ?

Read Next

'मेरो गल्ती भए आत्महत्या गर्छु' : श्याम भट्टराई ।