'मेरो गल्ती भए आत्महत्या गर्छु' : श्याम भट्टराई ।

[dropcap]के[/dropcap]हि महिनाअघि नायिका रेखा थापाको फिल्म ‘हिम्मतवाली’को सेटबाट निर्देशक श्याम भट्टराई एकाएक निकालिए ।shyam-bhattarai-with-himmatwali-clapboard1 सुदुरपश्चिममा फिल्म छयांकन हुदै गर्दा श्याम फिल्मबाट बाहिरीएको थियो । यो काण्ड यतिमा मात्र सिमित रहेन । फिल्म निर्मात्री रेखा थापा र भट्टराईबीच आरोप प्रत्यारोपसमेत चल्यो । यसरी नायिका थापाले आफुलाई गलत आरोप लगाएकोप्रति निर्देशक भट्टराईले निर्देशकहरुको छाता संगठन निर्देशक समाजमा उजुरीसमेत दियो । तर तत्कालीन कार्यसमितिको सचिवसमेत रहेका भट्टराईको न्यायका लागी निर्देशक समाजले कुनै कदम चालेन । आखिर किन मौन रहे त निर्देशक समाज ?
यसको खास कारण बल्ल खुलेको छ । शुक्रबार निर्देशक समाजको साधारणसभा चलिरहंदा निर्देशक भट्टराईले आफुलाई रेखा थापाले सेटबाटै निकाल्दा के गर्यो भन्दै प्रश्न तेस्र्याएका थिए । समाजको अध्यक्ष दिनेश डिसी जुरुक्क उठे र नायिका थापासँग निर्देशक भट्टराईको बिरुद्ध भरपर्दो प्रमाण भएकोले केहि नगरेको बताए । उनले भने : ‘अडिसन लिने भन्दै महिला कलाकारहरुको संवेदनशील अङगमा छोएको भिडियो मसँग छ म अपलोड गरिदिन्छु भनेर थापाले भनेपछि तपाइको लागी मैले कुनै कदम नचालेको हुँ ।’ जवाफ आउनेबितिकै भट्टराईले भने गलत आरोप भन्दै यदि त्यस्तो भए आफुले ठाउको ठाँऊ आत्महत्या गर्न तयार रहेको बताए ।
निर्देशक भट्टराई र नायिका थापाको विवादले केहि महिनाअघि उग्र रुप लिएको थियो । भट्टराई सेटबाट निकालिएपछि नायिका थापा स्वयमले फिल्मको निर्देशन गरेकी थिइन । हाल फिल्म रिलिजको लागी तयार भइसकेको छ । फिल्म आउदो फुलपातीको दिनबाट रिलिज हुदैछ ।

Namaste Filmy

Read Previous

नाच्न नजान्ने रेखा थापाको डान्स हेर्नुहोस । भिडियो ।

Read Next

यसरी ठगिए कलाकार । आयोजकले दिए धम्की ।