यसरी ठगिए कलाकार । आयोजकले दिए धम्की ।

[dropcap]‘वा[/dropcap]इड इभेन्ट नेपाल टुर नामक सांगितिक कार्यक्रममा सहभागी विभिन्न विद्यामा ख्याती प्राप्त १४ जना कलाकारहरुलाई ठगिएको पाइएको छ । आयोजकद्धय हरिशरण महत र राजकुमार पटेलले विभिन्न शहरहरुमा १५ दिने सांगितिक कार्यक्रममा प्रस्तुती गरेवापत सहमति अनुसार पैसा नदिई श्रमशोषण गरेको कालाकारहरुले बताएका छन् ।sugam-pokhrel शुक्रबार पत्रकार सम्मेलन गरी पीडित कलाकर्मीहरुले आफूहरुलाई एग्रिमेन्ट अनुसार रकम दिनुको सट्टा उल्टै धम्की दिएको बताए । ४८ घण्टाभित्र पारिश्रमिक नदिए बाध्य भएर ठगी गर्नेहरुलाई कानुनी कठघरामा उभ्याउने उनीहरुले चेतावनी दिए । उनीहरुले पारिश्रमिक बापत करिव १० लाख रकम नदिई श्रमशोषण गरेको भन्दै ठगी गर्नेहरुलाई प्रतिलिपि अधिकार ऐन अन्तर्गतको कारवाही गर्नुपर्ने माग गरेका छन् ।
ठगीने कलाकारहरु नायिका सुष्मा कार्की, गायक सुगम पोखरेल, सम्भोग मल्ल, रुपक डोटेल, युवराज चौलागाई, कमल खत्री, गायिका आकांष बस्याल, कार्यक्रम सञ्चालक सुर्जनी केसी, गायिका बुनु राई मानन्धर लगायत छन् ।

Namaste Filmy

Read Previous

'मेरो गल्ती भए आत्महत्या गर्छु' : श्याम भट्टराई ।

Read Next

क्यान्सरलाई जितिन मनिषाले । खुशी हुदै ट्वीट गरिन ।