क्यान्सरलाई जितिन मनिषाले । खुशी हुदै ट्वीट गरिन ।

[dropcap][/dropcap]न्तत बलिउड चर्चित अभिनेत्री मनिषा कोइराला क्यान्सरमुक्त भएकी छन् । उनी यसअघि नै क्यान्सरको उपचारपछि घर फर्किएको भए पनि पुन रोग बल्झिन सक्ने सम्भावना चिकित्सकले देखाएका थिए । तर केही दिनअघि न्युयोर्कमा गरिएको परिक्षणमा उनी क्यान्सर फ्री भएको स्पष्ट भएको हो । यो कुरा मनिषा स्वयमले टेवीट गर्दै बताएकी हुन ।Manisha koirala-cancer-inएक ट्वीटर प्रयोगकर्ताको ट्वीटलाई रिट्वीट गर्दै मनिषाले पुनः परिक्षणमा आफू क्यान्सरमुक्त भएको जनाएकी हुन । मनिषले यसरी दोस्रोपटक क्यान्सर परिक्षण गराएकी हुन । परिक्षणको लागी उनी आफ्नी आमाको साथमा न्युयोर्क पुगेकी हुन । क्यान्सरमुक्त भएपछि मनिषले खुशी हुदै ट्वीटमा लेखिन –मेडिकल परिक्षणमा क्लियर पाइएपछि खुशिको चरमोत्कर्ष महसुस भएको छ । गो गर्ल । बिग डोसा र मूल्यविहिन मुस्कान ।’
यसअघि उपचारपछि पनि पुनः क्यान्सर फर्कने सक्ने ढरले मनिषालाई चिकित्सकले निगरानीमा राखेका थिए । तर, पछिल्लो मेडिकल परिक्षणबाट मनिष ढुक्क भएकी हुन । मनिष करिब दुइबर्ष अघि खतरनाक क्यान्सरकी शिकार भएकी थिइन । बलिउडमा कयौ सुपरहिट फिल्म दिएकी यी अभिनेत्री ले केहि नेपाली फिल्ममा पनि अभिनय गरेकी छिन ।

Namaste Filmy

Read Previous

यसरी ठगिए कलाकार । आयोजकले दिए धम्की ।

Read Next

यी हट मोडलकी प्रेमी हुन जर्मनीलाई बिश्वकप जिताउने 'गोट्जे' ।