सकिरा फेसबुकमा सबैभन्दा धनी । दश करोड लाइक ।

[dropcap]वि[/dropcap]श्वचर्चित कोलम्बियन पपस्टार सकिराले फेसबुक इतिहासमा नयाँ रेकर्ड राखेकी छिन । सकिराको आधिकारीक फेसबुक पेजमा लाइक गर्नेको संख्या दश करोड नाघेको हो जुन हालसम्मकै फेसबुक पेजहरुमा सर्वाधिक लाइक संख्या हो । योसँगै सकिरा संसारमै सबैभन्दा धेरै लाइक पाउने सेलेब्रेटी बनेकी छिन । Sakira-inयस अवसरमा सकिराले फेसबुकमार्फत नै सबै फ्यान र शुभेच्छुकहरुलार्य धन्यवाद समेत दिएकी छिन । उनले स्टाटस लेख्दै म यो यो स्थानमा पुग्दा धेरै राम्रो र गर्वको महसुस भइरहेको छ । फेसबुकले मलाई तथा सबै कलाकारलाई फ्यानहरुको अझ नजिक पुग्न मद्दत गरेको छ ।
सकिराले यो खुशीको अवसरमा फेसबुक वालमा एक भिडियो शेयर गरीन । जुन भिडियोमा उनको च्यारिटी देखि एल्बम कभर, बेबी बम्प लगायत उनको छोराको फोटोहरु समेटिएको छ । उनको गएको बिश्वकप पछि फेसबुकमा तिब्र गतिमा लाइक बढेको थियो ।
सकिराले सर्वाधिक लाइक पाएलगतै फेसबुकका फउन्डर र सि इ ओ मार्क जुकरबर्ग ले बधाई दिएका छन । उनले सकिराको पेजमा कमेन्ट गर्दै बधाई दिएका हुन ।

Namaste Filmy

Read Previous

यी हट मोडलकी प्रेमी हुन जर्मनीलाई बिश्वकप जिताउने 'गोट्जे' ।

Read Next

'मिस नर्स चितवन'को उपाधि ममता पाण्डेलाई ।