'मिस नर्स चितवन'को उपाधि ममता पाण्डेलाई ।

[dropcap]स्ट्रि[/dropcap]ङ मिडियाले चितवनमा पहिलोपटक आयोजना गरिएको मिस नर्स चितवन २०१४ को उपाधि ममता पाण्डेले जित्न सफल भएकी छिन । शनिबार सम्पन्न फाइनलमा पाण्डेल १४ प्रतिस्पर्धीलाई पछाडी पारेकी हुन । प्रतियोगितमा अन्जुला सुनार फस्ट रनरअप र रचना पुरी सेकेन्ड रनरअप बन्न सफल भएकी छिन । Miss nurse Chitwan1-inजितसँगै पाण्डेल स्कुटर र विभिन्न गिफ्टह्याम्पर हात पारेकी छिन । उपाधि जितेपछि उनी केहि बेर भावुक बनेकी थिइन । त्यस्तै फस्ट रनरअप सुनारले नगद रु २५ हजार र सेकेन्ड रनरअप पुरीले नगद रु १५ हजार जित्न सफल भएकी छिन ।
एक सय भन्दा बढी प्रतिस्पर्धीहरुले फारम भरेकोमा ४० जनाले अडिसन राउण्डमा सहभागिता जनाएका थिए । पहिलो अडिसनबाट १५ जना फाइनल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगितामा चितवन आसपासका नर्सिङ पेसामा आवद्ध तथा अध्ययन गर्दै गरेका युवतीहरुको सहभागिता थियो । Miss nurse Chitwan-inयसैबीच फाइनल कार्यक्रममा भदौ ६ बाट रिलिज गरिने फिल्म ठुलीको टोलीले आफ्नो फिल्मको प्रचार गर्दै नृत्य प्रस्तुत गरेका थिए । फिल्मकी नायिका गरिमा पन्त प्रतियोगिताकै जजको रुपमा रहेकी थिइन । यसरी पहिलोपटक जज बन्न पाउदा गरिमाले खुशी ब्यक्त गरिन । त्यस्तै कार्यक्रममा सँगीतकार तथा गायक टंक बुढाथोकी, गायिका मनिषा पोखरेल, गायक हरि योञ्जनलगायतले साँगितिक प्रस्तुती दिएका थिए ।

Namaste Filmy

Read Previous

सकिरा फेसबुकमा सबैभन्दा धनी । दश करोड लाइक ।

Read Next

दिपाश्री निरौलाको फ्ल्यासब्याक: 'हात छातीमाथी राखेर स्टाइलिस बन्थेँ ।'