पासपोर्ट हराएपछि प्रियंकालाई तनाव ।

[dropcap]ना[/dropcap]यिका प्रियंका कार्की यतिबेला निकै तनावमा छिन । उनको पासपोर्ट हराएपछि उनी  तनावमा परेकी हुन । त्यही पासपोर्टpriyanka-in-hongkong-airport साथमा नभएकै कारण प्रियंकाले शनिवार साँझ अष्ट्रेलियामा सम्पन्न ‘मिस्टर एण्ड मिस अष्ट्रेलिया’मा समेत सहभागी जनाउन सकिनन । उक्त कार्यक्रमका लागी प्रियंकालाई प्रमुख अतिथिको रुपमा निम्ताइएको थियो । मुख्य अतिथिका रुपमा प्रचार गरिएकी प्रियंकाको खोजी भइरहँदा प्रियंका भने काठमाण्डौमा पासपोर्ट बनाउने तनावमा थिइन् ।
वास्तवमा हङकङमा आयोजित फेसन शो मा सहभागी भएर बिहीबार बिहान हङकङबाट मलेसियन एयरलाइन्सको बिमानमार्फत् क्वालालम्पुर आइपुग्दा उनको पासपोर्ट हराएको हो । पासपोर्ट हराएपछि उनी एयरपोर्टमा घण्टौं अलपत्र परेकी थिइन । । भिषा लागेको पासपोर्ट नभएपछि उनी अष्ट्रेलिया जान त पाइनन् नै नेपाल फर्किनसमेत उनलाई निकै गाह्रो पर्‍यो ।
क्वालालम्पुरस्थित नेपाली राजदूतावासबाट अस्थायी पासपोर्ट लिएर उनी सिड्नी जाने कोसिसमा रहे पनि दूतावासले पासपोर्ट दिन नसकिने जवाफ दियो । नेपाल फर्किनकै लागि पनि उनलाई दूतावासले ‘यात्रा अनुमतिपत्र’ दिनुपर्दथ्यो । जसका लागि उनी दूतावासमै पुगेर तस्वीरसहित आबेदन दिनुपर्दथ्यो ।
तर, पासपोर्ट नभएकी प्रियंका एयरपोर्टबाट बाहिर निस्कन पाइनन् । त्यसबिचमा उनको उद्दारका लागि काठमाण्डौमा रहेका कलाकाहरुले नेपालको परराष्ट्र मन्त्रालय गुहारे र अन्तिममा दूतावासका अधिकारीले बिमानस्थलमै पुगेर प्रियंकालाई ट्राभल डकुमेन्ट दिए । उनी सोही साँझको उडानबाट काठमाण्डौ फर्किइन् ।
नायिका कार्कीले भने आफ्नो पासपोर्ट सहितको ब्याग नै चोरी भएपको दाबी गर्छिन । तर पनि आफूले अस्थायी पासपोर्ट बनाएर अष्ट्रेलिया जाने तयारी गरेको तर मलेसियन एयरलाइन्सको बिमान दुर्घटनामा परेपछि जान नसकेको बताइन् । उनी शनिबार साँझ काठमण्डौ आइपुगेकी हुन । अहिले आफू पासपोर्ट बनाउने तयारीमा लागेको प्रियंकाको भनाई छ ।

Namaste Filmy

Read Previous

दिपाश्री निरौलाको फ्ल्यासब्याक: 'हात छातीमाथी राखेर स्टाइलिस बन्थेँ ।'

Read Next

चितवनमा टंक र मनिषाको 'ढिक्च्याऊ ढिक्च्याऊ'।