चितवनमा टंक र मनिषाको 'ढिक्च्याऊ ढिक्च्याऊ'।

[dropcap][/dropcap]छिल्लो पुस्ताका जल्दा बल्दा सँगीतकार टंक बुढाथोकी शनिबार चितवनमा देखिए । सुकिला पहिरनमा चिटिक्क परेका टंकले वरिपरिका सबैको ध्यान आफुतिरै खिचिरहेका थिए । उनीसँगै थिए गायिका मनिषा पोखरेल । पछिल्लो समय निकै चर्चित बनेको फिल्म हिम्मतवालीमा स्वर तथा सँगीत दिएका टंक र मनिषा सबैको आकर्षणको केन्द्रविन्दु बन्यो । Tanka and manisha-inटंक र मनिषा मिस नर्स चितवन २०१४ को फाइनल समारोहमा मनोरञ्जन दिनको लागी चितवन पुगेका हुन । कार्यक्रममा टंक र मनिषाले केही चर्चित गीत गाउदै दर्शक झुमाएका थिए । यी ‘ढिक्च्याऊ’ जोडीले फिल्म हिम्मतवालीको चर्चित गीत ‘ढिक्च्याऊ ढिक्च्याऊ’ गाउदा दर्शकले खुलेरै रमाइलो गरे । त्यस्तै टंकले फिल्म जञ्जीरको ‘मलाई पागल बनाउने’ गीत गाउदा पनि दर्शकले उतिकै मनोरञ्जन लिए ।
पछिल्लो समय टंक बुढाथोकीलाई चल्तीको गायक तथा सँगीतकारको रुपमा लिने गरिन्छ । उनले विभिन्न गीतहरुसँगै दर्जनौ फिल्मका गीतहरुमा सँगीत दिइसकेका छन ।
यसैबीच स्ट्रीङ मिडियाको आयोजनामा सम्पन्न मिस नर्स चितवनको ताज भने माडी बसन्तपुरकी ममता पाण्डेले जित्न सफल भएकी छिन । त्यस्तै प्रतियोगितमा अन्जुला सुनार फस्ट रनरअप र रचना पुरी सेकेन्ड रनरअप बन्न सफल भएकी थिइन ।

Namaste Filmy

Read Previous

पासपोर्ट हराएपछि प्रियंकालाई तनाव ।

Read Next

यी हुन किसिङ डिपार्टमेन्टको हेडमास्टर ।