एकपछि अर्को फिल्ममा ब्यस्त हुदै सगुन ।

शुसन घिमिरे, पोखरा ।
[dropcap][/dropcap]छिल्लो समय म्युजिक भिडियो हुदै फिल्म क्षेत्रमा प्रबेश गर्ने क्रम निक्कै बढेको छ । नायीका केकी अधिकारी देखी शिल्पा पोखे्रल हुदै पछिल्लो समय म्युजिक भिडियो की व्यस्त ,चर्चित तथा सुन्दर मोडल सगुन शाही यसको उदाहरण हुन् । करिब २०० बढी नेपाली लोक दोहोरी तथा आधुनिक गितमा मोडलिङ्ग गरेकी सगुन को व्यस्तता नेपाली चलचित्रमा बढ्दै गएको छ ।  shagun shahi-in-namastefilmyपिताम्बर पाण्डेले निर्देशन गरेको फिल्म ‘ढुवानी’ बाट सगुनले नेपाली फिल्म क्षेत्रमा प्रबेश गरेकी हुन् । जहां सगुन साधारण गाउंले युवतिको भुमिका मा देखा परेकी थिईन् र उनको अभिनयलाई दर्शक हरु ले रुचाएका थिए ।’ ढुवानी’ रिलिज भएको लामो समय पछि सुरज सुब्बा नाल्बो को निर्देशनमा बन्न लागेको फिल्म ‘मलेसिया’ मा अनुबन्धीत भएकी सगुन हाल निर्माता नारायण खतिवडाको फिल्म ‘मेरो मान्छे’ मा व्यस्त रहेकी छिन् । ‘भेटि’ र ‘लफडा’ पछि निर्माता खतिवडाले ‘मेरो मान्छे’ निर्माण गर्न लागेका हुन् ।

‘मेरो मान्छे’ लगत्तै सगुन निर्माता मोहन कृष्ण श्रेष्ठको आगामी प्रोजेक्ट मा व्यस्त हुने छिन् । जुन कुरा निर्माता मोहन कृष्ण श्रेष्ठ ले नमस्तेफिल्मी ड्ट कम सग को कुराकानी मा बताएका छन । हाल ‘पुनर्जन्म’ नामक फिल्म को पोस्ट प्रोड्क्सन मा व्यस्त रहेका ले तत्काल सुरु नभए पनि आफ्नो आगामी फिल्म को लागि मुख्य नायिका को रुपमा सगुन फाइनल भएको निर्माता श्रेष्ठ ले बताए । फिल्म को नाम ‘फ्रेन्ड्स फरेभर’ राख्ने तयारी भएपनी अङ्ग्रेजी नाम मा फिल्म को नाम राख्न नपाईने भएपछी नाम परिवर्तन गरिने श्रेष्ठ ले बताए । म्युजिक भिडियो मा चर्चित रहेकी यि सुन्दर नायीका को व्यस्तता , चर्चा र सफलता नेपाली फिल्म क्षेत्रमा पनि बढ्दै जाओस् शुभकामना ।

Namaste Filmy

Read Previous

यी हुन किसिङ डिपार्टमेन्टको हेडमास्टर ।

Read Next

म खोच्याउँदै स्टेज जान्थेँ, दर्शकले अभिनय भन्ठान्थे: मदनकृष्ण श्रेष्‍ठ