बेपत्ता 'कोहिनुर' जोडीको सन्देश । अस्वस्थ छन श्रीकृष्ण ।

[dropcap][/dropcap]त असार २३ गते विवाह बन्धनमा बाधिएका कोहिनुर जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खडका बेपत्ताजस्तै भएका छन । उनीहरु कहाँ के गरिरहेका छन कुनै फिल्मकर्मी तथा सञ्चारकर्मी कसैलाई पत्तो छैन । विवाह लगतै तीन दिने हनिमुनको लागी भन्दै भारतको सिमला हानिएका यी जोडी सातादिन बित्दा पनि नफर्किएपछि फिल्म उद्योगमा शंका उपशंका उब्जियो । कतिपयले श्रीकृष्ण अस्वस्थ भएपछि उपचारको लागी थाइल्याण्ड पुगेको समेत अनुमान लगाए । यसबारेमा उनीहरुको परिवारले सबै कुरा गोप्य राखेपछि श्री र स्वेता कहाँ गए त भन्ने कौतुहलता सबैलाई जागेको छ । shreekrishna and shweta khadka1-inतर यो सबै कौतुहलतालाई मेटाउने श्रीकी पत्नी उर्फ नायिका स्वेता खडकाले फेसबुमा एक सन्देश छाडेकी छिन । सन्देशमा सम्पर्कमा नरहनुप्रति सबैसँग माफि मागिएको छ । उनले लेखेकी छिन: ‘कामको प्रेरले गर्दा हामीले केहि आराम लिने निर्णय गर्यौ, जसअनुसार अचानक यात्राको योजना बनायौ । मेरो पति श्रीकृष्ण श्रेष्टलाई सुख्खा खोकीले अझै छोडेको छैन । डक्टरको उहाँलाई केहि आराम लिनको लागी सुझाव छ । हामी एक्स्ट्रेमलि सरी भन्छौ कि हामी अचानक यसरी ट्रिपमा गयौ । हामी छिट्टै तपाइहरुसँगै हुनेछौ ।’
उनले आफुहरु कहाँ छन भन्ने उल्लेख गरेका छैनन । साउन २३ बाट रिलिज हुने आफुहरुको फिल्म ‘कोहिनुर’ प्रमोशनमा सहयोग गरिरहेका सबैप्रति पनि उनले धन्यवाद दिएकी छिन । र उक्त मितिमा सबैले यो फिल्म हेर्ने पनि उनीहरुको अपेक्षा छ ।
यता फिल्म ‘कोहिनुर’का निर्देशक आकाश अधिकारी हैरान छन । फिल्म रिलिजको संघारमा आइपुग्दा समेत श्री र स्वेता नेपाल नफर्किएपछि उनलाई तनाव आइपरेको हो । उनले स्वेता को सन्देश शेयर गर्दै छिट्टै फर्कनको लागी अनुरोध गरेका छन ।
फिल्म ‘कोहिनुर’ श्री र स्वेताले मिलेर बनाएका हुन । मुम्बईमा बेचिएकी चेलीको कथामा निर्माण गरिएको  ‘कोहिनुर’ लाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा श्रीकृष्ण श्रेष्ठ ,स्वेता खड्का, मिथिला शर्मा , सम्राट सापकोटा आदिको अभिनय रहेको छ । अधिकांश छयांकन भारतकै विभिन्न स्थानहरुमा गरिएको फिल्ममा राजु बिक्रम थापाको छायांकन ,बसन्त श्रेष्ठको नुत्य तथा बनिष शाहको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

म खोच्याउँदै स्टेज जान्थेँ, दर्शकले अभिनय भन्ठान्थे: मदनकृष्ण श्रेष्‍ठ

Read Next

'उत्सव'को फष्टलुक । अफिसियल पोस्टर रिलिज ।