'उत्सव'को फष्टलुक । अफिसियल पोस्टर रिलिज ।

[dropcap]रि[/dropcap]लिजको लागी तयार फिल्म उत्सवको अफिसियल पोष्टरहरु सार्वजनिक भएको छ । पोष्टरमा फिल्मका प्रमुख कलाकारहरु फिचरिङ छन । युवावर्ग लक्षित फिल्म आउदो भदौ १३ मा रिलिज हुने तयारीमा छ ।Utsav-nepali-movie1-inफिल्मलाई अनुभवी निर्माता शेखर कोईरालाले निर्माण गरेका हुन । यसअघि स्कृप्टराइटरको रुपमा चिनिने कुमार भट्टराई फिल्मका निर्देशक हुन । फिल्ममा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ र स्वयम निर्माताका कोईरालाका छोरा सञ्जोग कोइरालाको मुख्य भुमिका छ । संजोगको यो डेब्यु फिल्म हो ।
फिल्मको कथा र प्रस्तुती युवावर्ग लक्षित रहेको निर्माता कोइरालाको भनाई छ । युवावर्गले फिल्म रुचाउनेमा पनि उनी ढुक्क छन । Utsav-nepali-movie-in

Namaste Filmy

Read Previous

बेपत्ता 'कोहिनुर' जोडीको सन्देश । अस्वस्थ छन श्रीकृष्ण ।

Read Next

रहेनन २१ बर्षीय हलिउड अभिनेत्री स्काई मैकोल ।