रहेनन २१ बर्षीय हलिउड अभिनेत्री स्काई मैकोल ।

[dropcap][/dropcap]लिउड अभिनेत्री स्काई मैकोलको रहस्यमय निधन भएको छ । मैकोेलको सबैभन्दा निकटका साथीले यो समाचारको पुष्टि गरेको हो । बताइएअनुसार गत शनिबार बिहान ९ बजे टेक्सास स्थित गैरेज अपार्टमेन्टमा उनको शब भेटिएको हो । skye-mccole-600हलिउडकै सुन्दर नायिका को रुपमा चिनिने २१ बर्षीय मैकोल को मृत्युको कारण खुल्न सकेको छैन । टेक्सास पोलिसले उनको मृत्युबारे छानविन गरिरहेको छ ।  शनिबार उनको साथीले ट्वीट गर्दै लेखेकी छिन मेरो सबैभन्दा राम्रो साथी जो मेरो लागी बहिनीजस्ती थिइन उनी अब यस दुनियामा रहेनन । म धेरै दुखी छु । आज मैकोलको मृत्यु भएको छ ।
मैकोलले सन २००२ मा सात बर्षका उमेरमा नै चर्चित हलिउड फिल्म पेट्रियट मा अभिनय गरेकी थिइन । फिल्ममा उनी हिरो मेल गिब्सनको छोरीको भुमिकामा देखिएकी थिइन । त्यसपछि उनले कयौ हलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन ।

Namaste Filmy

Read Previous

'उत्सव'को फष्टलुक । अफिसियल पोस्टर रिलिज ।

Read Next

लाहुरेको कथा 'माइ प्रमिस' युके मा पनि देखाइदै ।