लाहुरेको कथा 'माइ प्रमिस' युके मा पनि देखाइदै ।

[dropcap]बि[/dropcap]देशमा रहने नेपाली लाहुरेहरुको कथा फिल्म ‘माइ प्रमिस’ युकेमा पनि देखाइने भएको छ । युकेको मेड स्टोन सेन्टरमा फिल्म देखाइनेछ । फिल्म आउदो जुलाई २७ अर्थात आउदो आइतबार युके मा रहेका नेपालीहरुमाझ प्रदर्शन गरिन लागेको हो । My promise poster1फिल्मका निर्माता तथा नायक रमेशचन्द्र राईले मेडस्टोनका दर्शकले फिल्म रुचाउने बिश्वास ब्यक्त गरे । यसअघि पनि सिंगापुर तथा हङकङ लगायतका विभिन्न स्थानमा फिल्म प्रदर्शन गरिससकेको छ । फिल्म हेरिसकेपछि दर्शकहरुले राम्रो रेस्पोन्स दिएको थियो ।
सुरज सुब्बा नाल्बोको निर्देशन रहेको फिल्म ‘माई प्रमिस’ टी आर एन जी प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्ममा केकी अधिकारी, रमेशचन्द्र राई, नरकुमार लिम्बु, विल्सन बिक्रम राई, अनुराग कुवँर लगायतको अभिनय रहेको छ । फिल्मको नेपाल रिलिज मिति भने निश्चित भइसकेको छैन । फिल्म रिलिजभन्दा पहिले देशका विभिन्न ठुला शहरहरुमा च्यारिटी शो गर्ने तयारी निर्माण युनिटको छ ।

Namaste Filmy

Read Previous

रहेनन २१ बर्षीय हलिउड अभिनेत्री स्काई मैकोल ।

Read Next

को बन्ला 'नेपाली तारा- ३' ?